नेभिगेसन मेनु

सरकार अहिले घरेलु उत्पादन, उपभोग, बजारिकरण र निर्यातमा केन्द्रित छः मन्त्री भण्डारी
सम्पादक:南亚网络电视
लेखक:मनोज न्यौपाने
समय:2025-05-08 17:56

 

IMG_0085

एस् ए टी भी २५ वैशाख, काठमाडौंः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीले अन्तर्राष्ट्रिय स्तरमा स्थानीय उत्पादनको वृद्धी, उपभोग र निर्यात गर्न सरकारले निरन्तर प्रयास गरिरहेको बताएका छन्।। नेपाल उद्योग वाणिज्य महासंघ (एफ एन सि सि आई) ले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा आयोजना गरेको १०औं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले नेपाल सरकारले आर्थिक मन्दीलाई कम गरी उत्पादन, उद्योग तथा वित्तीय क्षेत्रमा ल्याउन गरिरहेको सकारात्मक बहु प्रयासहरू बारे प्रकाश पारे। मित्र राष्ट्र चीनले ५००० भन्दा धेरै नेपाली उत्पादनलाई शुन्य भन्सार लगाएर देखाएको उदारताको प्रशंसा गर्दै उनले नेपाली निजी क्षेत्रले त्यसै अनुसार उत्पादनमा लागेर त्यस छुटको फाइदा उठाउनु पर्ने धारणा पनि राखेका थिए। 

IMG_0150

नेपाली ब्राण्ड र उत्पादनहरू अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने र नेपाली अर्थतन्त्रको वर्तमान दयनीय अवस्थालाई सुधारेर विश्व अर्थतन्त्रसँग जोड्ने उद्देश्य राखिएको यस मेलाले २०,००० भन्दा बढी आगन्तुक र खरिदकर्ता आकर्षित गर्ने अपेक्षा गरिएको छ। मेला २५ वैशाख देखि २९ वैशाख गरी पाँच दिन सम्म चल्ने छ।

ललितपुर चेम्बर अफ कमर्स र नेपाल हस्तकला संघ द्वारा सह आयोजित यस नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा चीन, भारत, बंगलादेश, पाकिस्तान र थाइल्याण्ड लगायत विश्वका विभिन्न देशहरूबाट ३०० वा त्यसभन्दा बढी स्टलहरू राखिएका छन्।

IMG_0047

उद्घाटन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफ एन सि सि आई) का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले देशको आर्थिक अवस्थाको गम्भीरताको बारेमा कुरा गर्दै सरकारलाई चाँडै उचित कदम चाल्न सुझाव दिए। उनले देशभरि उचित प्रदर्शनी हल नहुनाले अन्तर्राष्ट्रिय लगानीकर्तालाई आमन्त्रण गर्न अप्ठ्यारो परेको बताउँदै त्यसको समाधानको निम्ति उपयुक्त प्रकृया अघी बढाउन अनुरोध पनि गरेका थिए। उनले वैकल्पिक लगानी विधेयक ल्याउन सरकारले गरिरहेको हालैको कार्यलाई प्रशंसनीय भएको पनि बताए।

IMG_0175

मेलामा चीनका व्यापारीहरूले ट्रान्समिसन उपकरण, इलेक्ट्रिकल र अटोमोबाइल, खाद्यान्न र पेय पदार्थ, दुध उत्पादन, किचनवेयर, लुगा र स्मार्ट वाचहरू प्रदर्शन गरिरहेका छन्। त्यस्तै पाकिस्तानबाट छाला र लुगा, बंगलादेशबाट पनि लुगाका स्टलहरू मेलामा उल्लेख्य उपस्थिति देखिएको छ। टर्कीका लक्जरी वस्तुहरूले पनि आगन्तुकहरुको ध्यान आकर्षित गरिरहेका छन्।

IMG_0182

पहिलो पटक यस प्रदर्शनीमा सहभागी भईरहेको चीनको छिङ्हाई प्रान्तको हाइनान प्रतिनिधिमण्डलले तिब्बती धूप, चौँरीको दुध, हाई ल्याण्ड जौ र हस्त निर्मित कार्पेट लगायत दर्जनौं प्रकारका उत्पादनहरू प्रदर्शन गरिरहेका छन्। प्रतिनिधि रेन छिङले भने, “हामी नेपाललाई एक प्लेटफर्मको रूपमा प्रयोग गर्दै दक्षिण एसियाली बजार अन्वेषण गर्न र छिङ्हाईको ब्राण्ड र विशेष उत्पादनहरू अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न चाहन्छौं।”

IMG_0146

मेलामा आकर्षक नेपाली हस्तकला, चिया, पश्मिना र कार्पेट, तथा डिटर्जेन्ट ब्रान्डहरूले अन्तर्राष्ट्रिय खरिदकर्ताहरूलाई आकर्षित गर्ने अपेक्षा राखिएको छ। मेलाले आर्थिक गतिशीलता र लगानीमा सकारात्मकता ल्याउन मात्र होइन, छिमेकी देशहरूसँग राम्रो सम्बन्ध विकास गर्ने ठाउँ पनि सिर्जना गर्ने विश्वास लिइएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर