नेभिगेसन मेनु

अपडेट : भूकम्पबाट चीनमा ५३ जनाको मृत्यु, ६२ घाइते
सम्पादक:南亚网络电视
समय:2025-01-07 13:39

china earth quake update

एस् ए टी भी,२३ पौष काठमाडौंः चीनमा आज बिहान गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ। सरकारी सञ्चारसंस्था सिन्हवाका अनुसार ६२ जना घाइते भएका छन्। सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा स्थानीय समयानुसार मङ्गलबार बिहान ९ बजेर ५ मिनेटमा ६.८ म्याग्नीच्युडको भूकम्प गएको थियो। 

भूकम्पको धक्का नेपालसहितका देशहरुमा गरिएको थियो। अहिलेसम्म चीनबाहेक अन्य देशहरूमा मानविय क्षति भएको जानकारी आइसकेको छैन। 

राजधानी काठमाडौँसहित देशभर नै धक्का महसुस गरिएको थियो। तर पूर्वी नेपालका संखुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ्ग, ओखलढुङ्गा, सोलुखुम्बु, पाँचथर, इलाममा भूकम्पको कडा धक्का महसुस भयो। यसको धक्का नेपालसँगै भारत, बंगलादेश र भुटानमा पनि गरिएको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर