नेभिगेसन मेनु

बङ्गलादेशमा चुनावको मिति घोषणा
सम्पादक:南亚网络电视
समय:2024-12-16 16:40

1734331010_Muhammad Yunus-1200x560

एस् ए टी भी ०१ पौष, काठमाण्डौंः बङ्गलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले २०२५ को अन्त्य वा २०२६ को शुरुमा आम चुनाव हुने घोषणा गरेका छन्। बङ्गलादेशको स्वतन्त्रताको ५३ औं वार्षिकोत्सवको अवसरमा उनले यस्तो बताएका हुन्। 

शेख हसिना हटेपछि आएको अन्तरिम सरकारले तत्काल निर्वाचन गर्ने अनुमान गरिएको थियो, तर त्यस्तो भएन। युनुसले चुनावअघि मतदाता सूची सही गर्नेजस्ता सुधार आवश्यक रहेको बताएका छन्। 

उनले राजनीतिक दलहरू सहमत भए नोभेम्बर अन्तिमसम्ममा चुनाव हुनसक्ने बताए। तर सुधारको प्रक्रिया पूरा गर्ने कामले चुनाव केही महिना ढिलो हुन सक्छ। पछिल्लो आम निर्वाचन जनवरी ७, २०२४ मा भएको थियो। हसिनाकाे अवामी लीगले चौथो पटक जित हासिल गरेको थियो। 

विद्यार्थीको आन्दोलन उग्र बनेपछि हसिनालाई ५ अगस्ट २०२४ मा अपदस्थ भइन्। त्यसपछि युनुसलाई अन्तरिम सरकारको सल्लाहकार बनाइएको हो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर