एस् ए टी भी १९ पौष, काठमाडौंः अस्ट्रेलियाको नयाँ कानूनले बुधबारदेखि लागू हुने गरी ज्याला चोरीलाई अपराध मानेको छ। जसमा व्यवसायमा बेइमान गर्नेहरूलाई १० वर्षसम्म कैद र भारी जरिवाना गराइने छ।
अस्ट्रेलियाका केही ठूला कम्पनीहरू वुलवर्थ, क्वान्टास र ७–इलेभेन जस्ता कम भुक्तानी घोटालामा संलग्न छन्। यद्यपि कम्पनी निर्देशकहरू हाल सिभिल कानूनअनुसार मात्र अनुसन्धान गर्न सकिन्छ।
फेयर वर्क लेजिस्लेसन एमेन्डमेन्ट (क्लोजिङ लुफोल्स) ऐन २०२३ अन्तर्गत, सरकारी एजेन्सी फेयर वर्क ओम्बड्सम्यानले बेइमान रोजगारदातालाई १० वर्षसम्मको जेल सजाय र करिव ७.८३ मिलियन अस्ट्रेलियन डलर (४.८७) सम्मको जरिवानासहितको नयाँ उपकरण प्रयोग गर्नसक्छ। नयाँ अपराध रोजगारदाताहरूलाई लागू हुनेछ। इमान्दार गल्ती वा गलत हिसावले ज्याला चोरी कसुरमा समातिने छैन।