नेभिगेसन मेनु

सिरियाली विद्रोहीको दाबी : राष्ट्रपति असदले देश छाडेर भागे
सम्पादक:南亚网络电视
समय:2024-12-08 15:06

asad-08122024064648-1000x0

एस् ए टी भी २१ मंसिर, काठमाण्डौंः सिरियाली विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेपछि राष्ट्रपति बसर अल असदले देश छाडेर भागेको दाबी गरेका छन् । दमास्कस आफ्नो कब्जामा आएपछि विद्रोही समूह हयात तहरीर अल सामले राष्ट्रपति असदले देश छाडेर भागेको दाबी गरेको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सिरियाली अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति असल दमास्कसबाट जहाज चढेर हिँडेको जनाएको छ । रोयटर्सका अनुसार असद कतातर्फ लागे भन्ने स्पष्ट भएको छैन । रोयटर्सका अनुसार सिरियाली सेनाको नेतृत्वले आइतबार राष्ट्रपति असदको २४ वर्षे शासन अन्त्य भएको सैनिक अधिकारीहरूले सूचना पुर्‍याएको छ ।

सिरियाली विद्रोही समूहले 'दमास्कस असदमुक्त' भएको घोषणा गरेको छ । राष्ट्रपति असद 'भागेपछि' सार्वजनिक संस्थानहरू प्रधानमन्त्रीले सम्हाल्ने पनि विद्रोहीहरूले बताएका छन् । प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले आफू दमास्कसमै रहने पनि बताएका छन् । उनले सिरिया अरुजस्तै सामान्य मुलुक हुने र छिमेकी मुलुक र विश्वका अरु देशसँग राम्रो सम्बन्ध कायम गर्ने बताएका छन् ।

सिरियामा सन् २००० देखि बसर अल असद निरन्तर सत्तामा रहेका छन् । असद सरकारविरुद्ध विद्रोही समूहले केही वर्षदेखि संघर्ष गर्दै आएको छ । सिरियाली सेना पछाडि हटेपछि विद्रोही समूहले ठूला सहरहरू कब्जा गरेका हुन् । अलेप्पो, होम्स र राजधानी दमास्कस नै कब्जा गरेपछि राष्ट्रपति असद भागेको बताइएको छ । यसअघि सन् २०११ मा पनि असदविरुद्ध विद्रोह भएको थियो । सुरुमा असदविरुद्धको शान्तिपूर्ण र लोकतन्त्रको पक्षमा भएको भनिएको आन्दोलन गृहयुद्धमा परिणत भएको थियो ।

उक्त युद्धमा क्षेत्रीय मात्र नभई वैश्विक शक्तिसमेत सहभागी भएका थिए । त्यतिबेलादेखिको युद्धमा ५ लाखभन्दा बढी मारिएका छन् । १ करोडभन्दा बढी मान्छे आफ्नो थातथलो छाड्न बाध्य भएका थिए । रुस र इरानसमर्थित मिलिसियाको सहयोगमा असद सरकारले सिरियाका केही सहरमा नियन्त्रण लिएपछि युद्ध नियन्त्रणमा आएको थियो । अमेरिकाले भने कुर्दिस विद्रोही समूहलाई असद सरकारविरुद्धको संघर्षमा साथ दिँदै आएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर