नेभिगेसन मेनु

सत्यवतीमा लालीगुराँस काष्ठकला कार्यशाला
सम्पादक:南亚网络电视
समय:2024-10-23 11:30

kastha-murti-workshop

७ कार्तिक, बुटवल । ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गुल्मीको सत्यवतीमा लालीगुराँस काष्ठकला, चित्रकला तथा मूर्तिकला कार्यशाला सञ्चालन भएको छ ।

सत्यवती गाउँपालिकाको आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र आरम्भ समसामयिक नेपाली मूर्तिकार समूहको सहकार्यमा कार्यशाला भएको हो ।

कार्तिक १० गतेसम्म चल्ने कार्यशालामा आदिवासी जनजाति संस्कृति र सत्यवतीको किम्बदन्ती झल्किने आकर्षक मूर्तिहरु लालीगुराँसका काठमा बनाइंदैछ ।

बुढी सत्यवती र मसिना क्षेत्रका जंगलमा ढलेका लालीगुराँसका काठहरुमा मूर्ति बनाउने गरी काष्ठकला कार्यशाला गरिएको हो ।

कार्यशालाले स्थानीय कला संस्कृति उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने आशा गरिएको सत्यवती गाउँपालिका अध्यक्षका टिकाराम पाण्डेले बताए ।

प्राज्ञ एवं वरिष्ठ मूर्तिकार भुवन थापाले बनजंगलमा ढलेका लालीगुराँसका काठलाई सदुपयोग गर्दै मूर्ति कार्यशाला गरिएको नेपालमा सम्भवतः पहिलो हुने सक्ने बताए । प्राज्ञ एवं मूर्तिकार दिनेश्वर महतोले काष्ठ कलालाई अगाडि बढाउन स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए ।

कार्यशाला अवलोकनका लागि विभिन्न विद्यालयका शिक्षक विद्यार्थी र संघसंस्थाहरु गरि हालसम्म दुई हजार भन्दा बढीले अध्ययन भ्रमण गरिसकेको स्थानीय अगुवा खोमा तरामु मगरले बताए । उनले कार्यशालामा साहित्य, कला र स्थानीय संस्कृतिलाई समेत जोडिने बताए ।

कार्यशालाको अवधिमा सत्यवती गाउँपालिका भित्रका पुरातात्विक र पर्यटकीय क्षेत्रहरु, भार्से देउराली, गोर्खा ग्यालेरी, रुद्रबेणीस्थित राममन्दिर, गुलम्दीस्थित शिला, सेती नाग, गाग्रीढुंगा, हचिङ्कोटस्थित भुरेटाकुरे दरबारको भग्नावशेष क्षेत्रलगायत विभिन्न स्थानहरुको अध्ययन अवलोकन भ्रमण समेत गराइने कार्यक्रम छ ।

कार्यशालामा ५ जना प्राज्ञ सहित १९ जना मुर्तिकार तथा चित्रकारले काठमा आफ्नो कला देखाउने छन् । प्राज्ञ एवं मूर्तिकारहरुमा दिनेश्वर महतो, भुवन थापा ‘बहुवि’, नरेन्द्र भण्डारी, यमबहादुर थापा र गोविन्द चौधरी, मूर्तिकारहरु हरि बयम्बु, विशाल सारु मगर, बेनु थापा मगर, श्याम प्रजापति, शान्त राहादी, प्रितम राना, पुजन खतिवडा, गमदेव तरामु, निलम राहादी, देविराम राहादी, जय पुलामी, चित्रकार सुमित्रा राना, सुजाना श्रीस, यमबङ, अजय नेपाली, रिमा मिधुनलगायतको सहभागिता रहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर