नेभिगेसन मेनु

अमेरिका निर्यात हुन थाल्यो बागलुङको छुर्पी
सम्पादक:南亚网络电视
समय:2024-10-21 11:39

815c940d-925c-4ea6-87a8-50615e58174321102024080735.jpg

गलकोट– बागलुङमा उत्पादित  छुर्पीले राम्रो बजार पाउन थालेको छ। यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको हो। 

बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत दूध संकलन, प्रशोधन र बजारीकरण हुने गरेको छ। सहकारीमार्फत संकलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ। 

वार्षिक ८ करोड रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने सहकारी संघले २०८०/८१ मा मात्रै ३८ लाख ५४ हजार रुपैयाँको छुर्पी अमेरिका निर्यात गरेको हो। दुग्ध सहकारी संघ बागलुङका अध्यक्ष दीपक गौतमका अनुसार सहकारीबाट उत्पादित दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवामध्ये छुर्पीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ। “दूध, तथा अन्य उत्पादन बागलुङमै खपत भइरहेको हुन्छ, तर छुर्पीको बजार अन्तर्राष्ट्रियस्तरमा छ,” गौतमले भने। 

दुग्ध उत्पादक सहकारी संघमा एक हजार ५०० किसान आबद्ध छन्। संघले किसानबाट संकलित दूधसहित अन्य सात प्रकारका दुग्धजन्य परिकार उत्पादन गरी बिक्री तथा वितरण गर्दै आएको छ। संघले बागलुङ जिल्ला दूधमा आत्मनिर्भर बनाएको छ। सहकारीले गत आवमा ७ करोड ८३ लाखको दूध, १ करोडको दही, २० लाखको घ्यू, ३२ लाखको पनिर र ८० हजारको खुवा बिक्री गरेको जनाएको छ।

छुर्पी प्रतिकिलो १ हजार २०० रुपैयाँमा बिक्री हुने गरेको छ। 

किसानले सहकारीमा आबद्ध भएपछि दूधको मूल्यमा समानता र बजारको सुनिश्चितता भएकाले हौसला मिलेको बताएका छन्। सहकारी संघमा १६ कर्मचारीले संकलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको सहकारीका लेखापाल गणेश खड्काले बताए। 

कृषकले उत्पादन गर्ने, सहकारीले संकलन गर्ने र सहकारी संघले दूध प्रशोधन गरी दुग्धजन्य पदार्थ बिक्री गरेर सहकारीको असल अभ्यास गरेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा सहकारी अभियन्ता रामबहादुर जिसीको भनाइ छ। 

दैनिक यहाँका काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका किसानले उत्पादन गरेको दूध खरिद गरी १४ वटा सहकारीमार्फत संघले बजारीकरण गर्दै आएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर