नेभिगेसन मेनु

खाद्य व्यवस्थाले सुरु गर्‍यो खसीबोका र च्याङ्ग्राको बिक्री, प्रतिकेजी १० रुपैयाँ छुट
सम्पादक:南亚网络电视
समय:2024-10-06 11:52

khasi boka

एस् ए टी भी, २० असोज काठमाण्डौंः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री सुरु  गरेको छ।

कम्पनीले प्रतिकेजी खसीबोकाको ६ सय ७० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर प्रतिकेजी ६ सय ६० रुपियाँमा बिक्री खुला गरेको हो। यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २ सय ३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुुट दिएर एक हजार २ सय २० रुपैयाँमा बिक्री खुला गरिएको छ।

हालसम्म २ सय ८ वटा खसी बोका र २ सय ८५ वटा च्याङ्ग्रा ल्याइसकेको र अरू ल्याउने क्रम जारी रहेको थापथली स्थिति प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख ज्ञानु थापाले बताइन्।

चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्दै आएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर