नेभिगेसन मेनु

राष्ट्रपतिको दौडबाट हटेपछि राष्ट्रका नाममा बाइडेनको सम्बोधन- नयाँ पुस्तालाई कमाण्ड सुम्पनु उत्तम
सम्पादक:南亚网络电视
समय:2024-07-25 11:45

biden_9VwhCbuBC3

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट आफूलाई फिर्ता लिएपछि पहिलो पटक ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

अमेरिका नाजुक मोडमा रहेको उनले बताए । अहिले आफूहरूले गर्ने निर्णयले देशको भविष्य निर्धारण गर्ने उनको भनाइ थियो । 'हामीले अगाडि बढ्ने वा पछि हट्ने, आशा र घृणा, एकता र विभाजन बीचको छनौट गर्नुपर्छ,' उनले भने ।

राष्ट्रपतिको रूपमा देशको सेवा गर्नु आपंनो जीवनको सम्मान भएको उनले बताए । राष्ट्रका नाममा सम्बोधन गर्दै बाइडेनले भने, 'म यस पदको सम्मान गर्छु, तर म आफ्नो देशलाई बढी माया गर्छु। राष्ट्रपतिको रूपमा यो देशको सेवा गर्नु मेरो जीवनको सम्मान हो । मलाई लाग्छ कि राष्ट्रपतिको रूपमा मेरो रेकर्ड, विश्वमा मेरो नेतृत्व, अमेरिकाको भविष्यको लागि मेरो दृष्टिकोण सबै दोस्रो कार्यकालको लागि योग्य छ।'

नयाँ पुस्तालाई कमाण्ड सुम्पनु नै अगाडि बढ्ने उत्तम उपाय भएको उनले बताए । 'हाम्रो देशलाई एकताबद्ध गर्ने यो उत्तम तरिका हो । सार्वजनिक जीवनमा लामो वर्षको अनुभवको लागि समय र स्थान हुन्छ । नयाँ आवाजहरूको लागि समय र स्थान हुन्छ, अहिले हो।'

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर