नेभिगेसन मेनु

आर्थिक मन्दीबाट माथि उठ्दै अर्थतन्त्र
सम्पादक:南亚网络电视
समय:2024-07-11 11:55

rastrabank2024-06-28-09-07-57

भुवन दाहाल पूर्वअध्यक्ष, बैंकर्स संघ : वर्तमान आर्थिक सूचकले अर्थतन्त्र विस्तार गर्ने सुविधा दिए पनि मौद्रिक नीतिलाई लचक बनाउने पर्याप्त ठाउँ छैन । मौद्रिक नीतिको प्रमुख उपकरण भनेको ब्याजदर नै हो । अहिले बजारको ब्याजदर न्यूनतम विन्दुमा आइसकेको छ । त्यसबाहेक केन्द्रीय बैंकसँग गरिएका अपेक्षा उसका दायरामा पर्दैनन् ।

चालू आर्थिक वर्ष ०८०/८१ को ११ महिनाको तथ्यांकले अर्थतन्त्रका बाह्य क्षेत्रका सूचकहरू क्रमशः बलियो बन्दै गएको देखिएको छ । राजस्व र सरकारी खर्चमा भने सुधार हुन सकेको छैन ।

आगामी आर्थिक वर्ष ०८१/८२ को मौद्रिक नीतिको तयारीमा रहेको राष्ट्र बैंकलाई अहिलेको आर्थिक सूचकले लचकता अपनाउन सहजीकरण गरेको सरोकारवालाहरूको भनाइ छ । 

केन्द्रीय बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी भएकाले भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) चार खर्ब २५ अर्ब रुपैयाँले बचतमा छ । रेमिट्यान्स १९.३ प्रतिशतले बढेर १३ खर्ब २७ अर्ब पुगेको छ । दुवै सूचकले मन्दीमा रहेको अर्थतन्त्रलाई उत्साह प्रदान गरेका छन् ।

बढ्दो रेमिट्यान्स आप्रवाह र शोधनान्तर स्थितिले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी थुप्रिँदै गइरहेको छ । केन्द्रीय बैंकका अनुसार कर्जाको माग बढ्न नसक्दा कर्जा–निक्षेपको अनुपात ७८.१३ प्रतिशत कायम भएको छ । जब कि बैंक तथा वित्तीय संस्थाहरूलाई ९० प्रतिशतसम्म यो अनुपात कायम राख्न पाउने सुविधा छ । जेठसम्ममा १९ खर्ब ६७ अर्ब रुपैयाँ विदेशी विनिमय सञ्चिति देखिएको छ । राष्ट्रिय ढुकुटीमा रहेको यो रकमले १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने केन्द्रीय बैंकले जनाएको छ । 

बैंकिङ क्षेत्रमा थुप्रिएको लगानीयोग्य तरलता, विदेशी विनिमय सञ्चितिको विस्तार, घट्दो क्रममा रहेको ब्याजदरले अर्थतन्त्र सुविधाजनक स्थितिमा देखिए पनि मौद्रिक नीतिलाई थप लचिलो बनाउन भने पर्याप्त ठाउँ नरहेको अर्थशास्त्रीहरूको विश्लेषण छ । 

नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहालले वर्तमान आर्थिक सूचकले अर्थतन्त्र विस्तार गर्न सुविधा दिए पनि मौद्रिक नीतिलाई लचक बनाउन पर्याप्त ठाउँ नभएको बताए । उनले भने, ‘मौद्रिक नीतिको प्रमुख उपकरण भनेको ब्याजदर नै हो । अहिले बजारको ब्याजदर न्यूनतम विन्दुमा आइसकेको छ । त्यसबाहेक केन्द्रीय बैंकसँग गरिएका अपेक्षा उसका दायरामा पर्दैनन् ।’ मुद्दती निक्षेपको ब्याजदर ५–६ प्रतिशतमा आइसकेको छ भने असारसम्म कर्जाको ब्याजदर पनि एकल अंकमा आउने देखिन्छ । ब्याजदर न्यूनतम विन्दुमा झरिसकेकाले मौद्रिक नीतिलाई लचिलो बनाउनुपर्ने बाध्यता नरहेको उनको भनाइ छ । 

शिक्षामा १ खर्ब १७ अर्ब बाहिरियो- विदेशमा पढ्न जाने विद्यार्थीका कारण १ खर्ब १७ अर्ब १ करोड रुपैयाँ बिदेसिएको छ । अघिल्लो वर्ष ८९ अर्ब १८ करोड बिदेसिएको थियो । 

नेपाल घुम्नेको खर्च वृद्धि- नेपाल घुम्न आउने पर्यटकको खर्च ७६ अर्ब ५५ करोड पुगेको छ । विदेश घुम्न जाने नेपालीले १ खर्ब ७५ अर्ब १६ करोड खर्च गरेका छन् । 

चालू खाता दुई खर्बले बचतमा- चालू खाता २ खर्ब ३९ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ७९ अर्ब ५३ करोडले घाटामा थियो । 

प्रत्यक्ष वैदेशिक लगानी बढ्यो- खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब १६ करोडले बढेको छ । अघिल्लो वर्ष प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोडले धनात्मक थियो ।

शोधनान्तर ४ खर्ब २५ अर्ब बचतमा- शोधनान्तर स्थिति चार खर्ब २५ अर्ब ६७ करोडले बचतमा छ । अघिल्लो वर्ष २ खर्ब २४ अर्ब ९० करोडले बचतमा थियो । 

डलर सञ्चिति १९ खर्ब ६७ अर्ब- ०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर विदेशी विनिमय सञ्चिति थियो । अहिले १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको छ ।  

आयात–निर्यात घट्यो- कुल वस्तु आयात १.८ प्रतिशतले घटेको छ । यस अवधिमा १४ खर्ब ५३ अर्ब ७० करोडको आयात भएको छ । त्यस्तै, निर्यात ३ प्रतिशतले घटेर १ खर्ब ३९ अर्ब २६ करोड कायम भएको छ । 

रेमिट्यान्स १९.३ प्रतिशतले बढ्यो- रेमिट्यान्स आप्रवाह १९.३ प्रतिशतले बढेको छ । यसबीच १३ खर्ब २७ अर्ब ५१ करोडको रेमिट्यान्स भित्रिएको छ । 

बजेट खर्च ७७.५१ प्रतिशत- महालेखा नियन्त्रकको कार्यालयअनुसार २५ असारसम्म १३ खर्ब ५७ अर्ब ५२ करोड रुपैयाँ बजेट खर्च भएको छ । यो कुल विनियोजनको ७७.५१ प्रतिशत हो ।  

राजस्व संकलन ७०.२२ प्रतिशत मात्रै- महालेखा नियन्त्रकका अनुसार आर्थिक वर्ष सकिन लाग्दा सरकारले १४ खर्ब २२ अर्ब राजस्वको लक्ष्य लिएकोमा ९ खर्ब ९८ अर्ब मात्रै उठेको छ । 

२ अर्ब ८१ करोड ऋण - महालेखा नियन्त्रकको कार्यालयअनुसार सरकारले बजेट खर्चको स्रोत पूर्ति गर्न दुई खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण लिएको छ भने ९० करोड विदेशी ऋण उठाएको छ । 

६४ खर्ब ३३ अर्ब निक्षेप संकलन- केन्द्रीय बैंकअनुसार २४ असारसम्म बैंक तथा वित्तीय संस्थाले ६४ खर्ब ३३ अर्बको निक्षेप संकलन गरेका छन्, जसमा वाणिज्य बैंकको मात्रै ५७ खर्ब पाँच अर्ब रुपैयाँ छ ।

५१ खर्ब ५७ अर्ब कर्जा प्रवाह- बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ५१ खर्ब ५७ अर्ब रुपैयाँ छ । वाणिज्य बैंकको मात्रै कर्जा प्रवाह ४५ खर्ब ६२ अर्ब पुगेको छ । बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेपको अनुपात ७८.१३ प्रतिशत कायम छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर