नेभिगेसन मेनु

सुन्दरी र मोतीखोला वन क्षेत्र पुनः हराभरा
सम्पादक:南亚网络电视
समय:2024-06-24 13:26

ban

असार १० गते । धनुषाको मिथिला नगरपालिका–११, तल्लो तुलसीस्थित सुन्दरी र मोतीखोला सामुदायिक वन क्षेत्र पुनः हराभरा भएका छन् । वन कर्मचारी र वन उपभोक्ता समूहका पदाधिकारी वन संरक्षणमा सक्रिय भएपछि ती वन पुनः हराभरा भएका हुन् । 

विगत १८ वर्षदेखि वन उपभोक्ता समिति निष्क्रिय हुँदा वन क्षेत्रको जग्गा अतिक्रमण र काठ चोरी तस्करी बढेर वन क्षेत्र उजाड जस्तै बनेको थियो । एक वर्षअघि मोहन सापकोटाको अध्यक्षतामा सुन्दरी सामुदायिक वन र खड्कबहादुर विश्वकर्माको अध्यक्षतामा मोतीखोला सामुदायिक वन उपभोक्ता समिति पुनर्गठन गरिएको छ । पुनर्गठित समितिका पदाधिकारी र वन कर्मचारी मिलेर वन अतिक्रमण खाली गराउने, काठ चोरी तस्करी रोक्न गस्ती गर्ने र खाली जग्गामा वृक्षरोपण गरेर वन क्षेत्र पुनः हराभरा बनाएका छन् । 

विसं २०५८ मा सुन्दरी सामुदायिक वन उपभोक्ता समिति गठन गरेर एक हजार छ सय हेक्टर वन क्षेत्र संरक्षणका लागि समुदायलाई जिम्मा दिइएको थियो तर २०६२ सालमा आएर उपभोक्ता समिति निष्क्रिय भएपछि वन अतिक्रमणसँगै काठ तस्करी ह्वात्तै बढेको थियो । त्यस क्षेत्रमा घरटहरा बनाएर तथा खेतीयोग्य जग्गामा परिणत गरेर वन अतिक्रमण बढेको थियो ।

लालगढ सब डिभिजन वन कार्यालयका अधिकृत मदन चौधरीले तुलसीमा बर्सौंदेखि निष्क्रिय रहेका दुई वटा सामुदायिक वन उपभोक्ता समिति पुनर्गठन गरेर वन संरक्षणमा जुटेको बताउनुभयो । दुवै वन उपभोक्ता समिति आन्तरिक विवादका कारण निष्क्रिय थिए । सरकारले चाहेर मात्र काठ चोरी तस्करी र वन अतिक्रमण रोक्न नसक्ने बताउँदै उहाँले स्थानीयको सक्रियताबिना सम्भव नहुने जानकारी दिनुभयो । 

उहाँका अनुसार वन उपभोक्ता समिति पुनर्गठन गरी वन संरक्षण जुटेपछि मासिएको क्षेत्रमा ३० प्रतिशतले वन वृद्धि भएको छ । ४० प्रतिशत क्षेत्रमा नयाँ सालका रुख हुर्किएको र करिब १० हेक्टर अतिक्रमित जग्गा खाली गराएर वृक्षरोपण गरी तारजाली लगाइएको छ । “यसरी तारजाली लगाउँदा वनभित्र भएका बोटबिरुवाको संरक्षण हुने र स्थानीयको अन्नबालीको पनि संरक्षण हुन्छ । वन्यजन्तु मानव बस्तीमा पसेर अन्नबालीको नोक्सानी गर्न नसक्ने र घरपालुवा जनावर पनि वन क्षेत्रमा प्रवेश गर्न पाउँदैन । यसले गर्दा वन क्षेत्रका रुख बिरुवा फस्टाउँछ,” अधिकृत चौधरीले भन्नुभयो । 

सुन्दर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सापकोटाले कुनै बेला हरिया देखिने डाँडाकाँडा उजाड बनेका र ठुलठुला रुख तस्करले सिध्याउन थालेपछि संरक्षणमा जुटेको बताउनुभयो । वन विनाशका कारण तापक्रममा वृद्धि, जमिनमुनि पानीको सतह घट्दै जानु र पर्यावरण असन्तुलन हुन पुगेको उहाँको बुझाइ छ । वन विनाशका असर देखिन थालेको बताउँदै उहाँले अहिले हामीले वन जोगाएनौँ भने कालान्तरमा मानिसले धेरै दुःख भोग्नुपर्ने बताउनुभयो । 

डिभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख बेचन चौधरीले वन संरक्षणमा तुसलीका जनता जागरुक बनेपछि खुसी व्यक्त गरेका छन् । त्यस क्षेत्रमा काठ चोरी तस्करीका गुनासो निकै सुनिन्थ्यो । वन उपभोक्ता समिति सक्रिय भएपछि काठ चोरी निकासीमा नियन्त्रण र वन अतिक्रमण रोकिएको दाबी उहाँले गर्नुभयो । 

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको नाउँमा जथाभाबी वन अतिक्रमण बढेको थियो । यसका साथै अन्यत्र घर भएकाले पनि सो स्थानमा अस्थायी घरटहरा बनाएर अतिक्रमणको प्रयास गरेका थिए । अब वन क्षेत्रलाई अतिक्रमणमुक्त बनाउँदै सामुदायिक वनको स्तर सुधार्नमा जोड दिने डिभिजनल प्रमुख चौधरीले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर