नेभिगेसन मेनु

सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
सम्पादक:南亚网络电视
समय:2024-05-28 11:35

kailash-sirohiya-2-e1716356349998

जेठ १४ गते । नागरिकता कसुर मुद्दामा धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रो पटक तीन दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ । 

स्वास्थ्य समस्याका कारण जनकपुरस्थित काव्या अस्पतालमा उपचाररत रहनुभएका उहाँ सोही अस्पतालको एम्बुलेन्स चढेर अदालतमा उपस्थित हुनुभएको थियो । उहाँलाई जिल्ला न्यायाधीश यदुराज शर्माले थप तीन दिन हिरासतमा राख्न धनुषा प्रहरीलाई अनुमति दिएको हो । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले थप अनुसन्धान गर्नका लागि अदालतले तेस्रो पटक तीन दिनको म्याद थप गरेको बताउनुभयो । स्वास्थ्य समस्याका कारण शुक्रबार रातिदेखि काव्या अस्पतालमा उपचाररत रहनुभएका उहाँलाई चिकित्सको सल्लाहअनुसार एम्बुलेन्समा राखेर अदालतमा उपस्थित गराइएको उहाँले जानकारी दिनुभयो । 

यसअघि पहिलो पटक गत बुधबार धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो । दोस्रो पटक शुक्रबार रोमाकान्त ज्ञवालीको इजलासले तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो । 

सिरोहियालाई गत मङ्गलबार थापाथलीस्थित कान्तिपुर कार्यालयबाट पक्राउ गरी बुधबार बिहान धनुषा ल्याइएको थियो । नागरिकता दुरुपयोगसम्बन्धी इन्द्रजितप्रसाद महतोले दिएको जाहेरीको आधारमा उहाँमाथि मुद्दा चलाइएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर