नेभिगेसन मेनु

मूल सुकेपछि खानेपानीको हाहाकार
सम्पादक:南亚网络电视
समय:2024-06-08 15:18

Jumla--Khanepani--Crisis-Photo-Netra-Shahi

जुम्ला, जेठ २६ गते । जुम्ला गुठीचौर गाउँपालिका घर भएकी एलिसा भण्डारी सदरमुकाममा पढ्नका लागि डेरामा बस्दा धारामा पानी नआउने समस्याले खोलाको पानी बोकेर खान बाध्य हुनुभएको छ । पढाइको झोलासँगै पानीका लागि डेरानजिक पर्ने खोला, मूल धाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । 

विगत दुई वर्षदेखि अध्ययनका लागि जुम्ला सदरमुकाम बस्दै आएकी सिँजा गाउँपालिका–६ की नमिता रावतको अनुभव पनि उहाँको जस्तै छ । हरेक दिन चाहिने खानेपानीको जोहो गर्न दैनिक तीन घण्टाको दुरी तय गरी खोलीकोट गाउँ धाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । 

जुम्लामा खानेपानीका मुहान सुकेर धारामा पानी कम भएपछि सर्वसाधारणलाई हैरान भएको हो । दैनिक जनजीवन नै प्रभावित हुने गरी यहाँ खानेपानीको अभाव भएको छ । चन्दननाथ नगरपालिका भारतीवाडाका व्यवसायी मनीषा बुढाले खानेपानी नहँुदा समस्या भइरहेको भन्दै पानी सुकेपछि आफ्नो होटल व्यवसायसमेत मारमा परेको जनाउनुभयो ।

पछिल्लो १५ दिन खानेपानी नआउँदा अर्काको धारामा तथा मूलमा गएर खानेपानी भर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । जुम्ला सदरमुकाम 

खलङ्गाका लागि खानेपानी उपभोक्ता समितिले लामो समयदेखि जिम्मा लिए पनि पानीको व्यवस्थापन गर्न सकेको छैन । नजिक खानेपानीको मुहान नहुँदा झन्डै १० किलोमिटर टाढाको पातारासी गाउँपालिका–६ र ७ को बडेखोली र रिनी गाउँको छहरेखोला र चन्दननाथ नगरपालिका–६, खालागाड खोलादेखि खानेपानी सदरमुकाम खलङ्गा 

ल्याइएको छ ।  खडेरीका कारण ती सबै मुहानमा पानी सुकेपछि स्थानीयलाई सास्ती हुन थालेको हो । कुनै बस्तीमा आधा महिनादेखि पानी आएको छैन भने कहीँ हप्ता दिनयता पानीको थोपा धाराबाट 

झरेको छैन ।  

खलङ्गा खानेपानी उपभोक्ता समितिका सहायक प्राविधिक अर्जुन बरालका अनुसार पानीका मुहानमा नै पानी कम भएपछि यो समस्या सिर्जना भएको हो । उहाँले २०५७ सालमा दुई सय धाराका लागि मात्र खानेपानी आयोजना बनाउँदा अहिले बढेर एक हजार ८५० धारा रहेकाले पानीको आपूर्तिमा समस्या आइरहेको बताउनुभयो । 

दौतरी होटलका सञ्चालक पदमबहादुर महतका अनुसार पानीको अभाव हुन थालेपछि पानी आएका बेला मौज्दात राख्नका लागि ४० हजार लिटरको रिजर्भ ट्याङ्की बनाइएको तर ट्याङ्की बनाएर के गर्नु ? पूरै भर्नका लागि पानी आउँदैन । खलङ्गामा पानीको अभाव भएपछि सङ्घीय सरकारले अहिले साढे आठ हजार धारा वितरणको लक्ष्य राखी बृहत् धौलीगाड खानेपानी आयोजनाको काम अघि बढाएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाका निमित्त कार्यालय प्रमुख दीपेन्द्र भट्टका अनुसार आयोजनाको भौतिक प्रगति लक्ष्य अनुसार भइरहेको छ । उहाँले आयोजनाको भौतिक प्रगति करिब ४५ प्रतिशतभन्दा बढी भएको र एक हप्तामा यसको विस्तृत प्रतिवेदन आउने बताउनुभयो । 

कार्यालय प्रमुख भट्टका अनुसार बृहत् धौलीगाड खानेपानी आयोजनाका दुई वटा प्याकेजमा काम हुँदै छ । पहिलो इन्टेकदेखि आरभिटीसम्मको काम भएको छ, जसमा इन्टेक निर्माण, पाइप लाइन र ट्याङ्की निर्माण भइरहेको छ । यस क्षेत्रमा एक सयदेखि छ सय घन मिटरका ट्याङ्की निर्माण हुँदै छन् । चन्दननाथ, तातोपानी र गुठीचौर गाउँपालिकाका क्षेत्रमा उक्त खानेपानी पु¥याउने कार्यक्रम अन्तर्गत बृहत् खानेपानी आयोजना अगाडि बढाइए पनि यो आयोजना निर्माण सम्पन्न हुन अझै करिब दुई वर्ष लाग्ने बताइएको छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर