नेभिगेसन मेनु

त्रिदेशीय व्यापारिक सडकमा बेलिब्रिज
सम्पादक:南亚网络电视
समय:2024-05-19 14:14

Tallu-bagar-pul

रुकुमपश्चिम, जेठ ६ गते । भेरी करिडोर अन्तर्गत रुकुमपश्चिमको आठबीसकोट नगरपालिका –४ छरेबगर र जाजरकोटको नलगाड नगरपालिका –१२ जोड्ने भेरी नदीमाथि तल्लुबगरको ‘बेलिब्रिज’ सञ्चालनमा आएको छ । 

त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्लुबगर ‘बेलिब्रिज’ शनिबारबाट सञ्चालनमा आएको छ । भेरी करिडोर कार्यालय जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोर अन्तर्गत तल्लुबगर बेलिब्रिज निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बताउनुभयो । 

बेलिब्रिज सञ्चालनमा आएसँगै अब डोल्पा जिल्लासँग सिधा सडक सञ्जाल जोडिएको छ । तीन वर्षअघि सडक डिभिजन कार्यालय चौरजहारीले सो बेलिब्रिज निर्माणका लागि ठेक्का खुलाएको थियो । काम सुरु भएको तीन वर्षपछि बेलिब्रिज सञ्चालनमा आएको हो । 

२०७८ पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले तीन करोड ८१ लाख रुपियाँमा ‘बेलिब्रिज’ निर्माणको ठेक्का पाएको थियो । विविध कारणले ‘बेलिब्रिज’ निर्माणमा ढिलासुस्ती भए पनि अहिले निर्माण सम्पन्न भई  सञ्चालनमा आएको छ । 

गत वर्षको वैशाख ७ गते बेलिब्रिज निर्माणको क्रममा भाँचिएपछि दुई जना कामदारको मृत्यु भएको थियो भने सात जना घाइते हुनुभएको थियो । हाल निर्माण सम्पन्न भएपछि कार्यालयको प्राविधिक टोलीले शुक्रबार बेलिब्रिजको भारवाहन क्षमता परीक्षण गर्दा सफल भएको थियो । बेलिब्रिजले २५ टनसम्म भार थेग्नसक्ने कार्यालय प्रमुख रञ्जितकारले बताउनुभयो ।

यो सडकलाई रुकुमपश्चिम, जाजरकोट र डोल्पाको लाइफलाइनका रुपमा लिइएको छ । यो करिडोरले भारतको रुपैडियादेखि नेपालगञ्ज हुँदै चीनको सीमाक्षेत्र मोरिम्ला नाका जोड्ने भएकाले यस सडकलाई राष्ट्रिय महत्वको सडकको रुपमा समेत लिइन्छ । 

करिडोरअन्तर्गत तल्लुबगर, नलगाड र खदाङमा पक्की पुल निर्माण सुरु भएको बताइएको छ । अन्य खोलामा ह्युमपाइप राखेर डोल्पासम्म सिधा यातायात सञ्चालन गरिने तयारी भइरहेको छ । 

भेरी करिडोर कार्यालयका अनुसार ११८ किलोमिटर लम्बाइ रहेको जाजरकोट डोल्पा सडकखण्डभित्रको ५६ किमी सडकमा अहिले काम भइरहेको छ । ६२ किमी सडकक्षेत्र फराकिलो बनाउने काम सुरु गरिएको छ । रुपगाड खोलाको बेलिब्रिज निर्माण भएपछि भेरी करिडोरअन्तर्गत पाँचवटा खोलाका पुल बन्नेछन् । 

अझ सानातिना खोलामा गरेर आठवटा खोलामा पुल बन्न बाँकी छ । यो पुल निर्माणपछि १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजना निर्माणमा समेत सहजता हुने विश्वास छ । यस सडकखण्डमा ठेक्का लिने तर काम नगर्ने क्याराभान कन्ट्रक्सनलाई तत्काल काममा फर्कन दबाब दिइएको भेरी करिडोर कार्यालयले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर