नेभिगेसन मेनु

काठमाडौंमा मनाइयो पाकिस्तानको राष्ट्रिय दिवस
सम्पादक:南亚网络电视
समय:2024-04-16 12:32

435850336_386479757600671_3225716284724657794_n_o2UTOgzp5w

पाकिस्तानको ८४ औं राष्ट्रिय दिवस मनाइएको छ । काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले राजधानीमा विशेष कार्यक्रमको आयोजना गरेर राष्ट्रिय दिवस मनाएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हाश्मीले सन् १९४० मार्च २३ मा पारित पाकिस्तान संकल्पको ऐतिहासिक महत्वबारे प्रष्ट पार्नुभएको छ । उहाँले पाकिस्तान निर्माणमा लोकतान्त्रिक संघर्ष गरेका मुहम्मद अली जिन्नाको नेतृत्व र सो पुर्खाको योगदाानको समेत स्मरण गर्नुभएको बताइएको छ ।

सन् १९६० मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पाकिस्तान र नेपालबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै भनिएको छ, ‘यसबाट नै दुई मुलुकबीचको सम्बन्धमा बलियो बन्धन विकसित भएको हो ।’

शिक्षा, स्वास्थ्य, रक्षा र द्विपक्षीय सम्बन्धमा विद्यमान सहकार्यको निर्माण, आईसीटीको योगदान र जलवायु परिवर्तनबाट उत्पन्न साझा सरोकारमा थप सहकार्य गर्न सकिने उहाँको भनाइ छ ।

उपराष्ट्रपति डा.रामसहायप्रसाद यादवको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पनि उपस्थिति थियो ।

त्यस्तै, उपसभामुख इन्दिरा रानामगर, परराष्ट्र सचिव सेवा लम्साल, नेपाली सेनाका पूर्व प्रधानसेनापति, वरिष्ठ राजनीतिज्ञ तथा व्यापारिक अगुवा, निजामती तथा सैनिक अधिकारी, कूटनीतिज्ञ, काठमाडौंमा रहेको पाकिस्तानी समुदायका धेरै जना उपस्थित रहेको पाकिस्तानी दूतावासले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर