नेभिगेसन मेनु

लगानी सम्मेलनबारे कतारको चासो
सम्पादक:南亚网络电视
समय:2024-04-17 12:06

quatar--news

वैशाख ५ गते । नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहमद एलएई अन्सारीले नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनका विषयमा चासो व्यक्त गर्नुभएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग मङ्गलबार सिंहदरबारमा भएको भेटका अवसरमा राजदूत अन्सारीले लगानी सम्मेलनका विषयमा व्यक्त गर्नुभएको हो । भेटमा श्रममन्त्री अर्यालले नेपालले गर्न लागेको लगानी सम्मेलन विदेशी लगानीकर्तालाई लक्षित गरेर गरिएकाले कतारबाट पनि सहयोग आउनेमा विश्वास व्यक्त गर्नुभयो । 

यस्तै श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सिप विकासमा सहयोग गर्न राजदूत अन्सारीसँग आग्रह गर्नुभयो । “हामी सिपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन र नेपाली श्रमिकलाई सिपयुक्त बनाउन चाहन्छौँ । त्यसैले श्रमिकको सिप विकासमा तपाईंको सहयोगको अपेक्षा गरेका छौँ,” श्रममन्त्री अर्यालले भन्नुभयो । 

त्यस्तै कतारले ठुला सङ्ख्यामा रहेका नेपाली श्रमिकलाई रोजगारीका लागि अवसर दिएकोमा धन्यवाद दिँदै मन्त्री अर्यालले भन्नुभयो, “कतारले नेपाली श्रमिकलाई पारिश्रमिक र तलब सेवामा कुनै विभेद गर्दैन भन्नेमा विश्वस्त छौँ ।” साथै उहाँले कतारले पछिल्ला वर्षमा मर्यादित र व्यवस्थित श्रमको अभ्यास सुरु गरेको प्रशंसा गर्नुभयो । 

भेटमा नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद एलएई अन्सारीले नेपाल कतारको दोस्रो ठुलो स्रोत मुलुकको बताउनुभयो । कतारको विकासमा नेपाली श्रमिकको ठुलो योगदान रहेको भन्दै उहाँले नेपाली श्रमिकको सिप विकासका लागि कतार सहयोग गर्न कतार तयार रहेको उहाँले स्पष्ट पार्नुभयो । 

“नेपाली श्रमिकको सिप विकासका लागि के के गर्नुपर्छ प्रस्ताव ल्याउनूहोस् । हामी सबै खालको सहयोग गर्न तयार छौँ,” राजदूत अन्सारीले भन्नुभयो । भेटमा क्रममा कतार सरकार प्रमुख अमिर सेख तमिम बिन हमाद अल थानीको नेपालको भ्रमण विषयमा पनि छलफल भएको थियो । वैदेशिक रोजगार विभागका अनुसार कतारमा हाल तीन लाख ६७ हजार ३८९ नेपाली श्रमिक छन् । 

जसमध्ये पुरुषको सङ्ख्या तीन लाख ५१ हजार ८३४ छ भने महिला श्रमिकको सङ्ख्या १५ हजार ५५५ रहेको छ । कतारले आप्रवासी श्रमिकका लागि पनि न्यूनतम पारिश्रमिक लागु गरेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर