नेभिगेसन मेनु

मृतक परिवार भेट्दै जनप्रतिनिधि
सम्पादक:南亚网络电视
समय:2024-03-20 12:29

jaljala-wada-5-news-photo

चैत ७ गते । पर्वतको जलजला गाउँपालिका–५ को वडा कार्यालयले मृतक परिवारसँग जनप्रतिनिधि भेटघाट कार्यक्रममार्फत मृतकप्रति श्रद्धाञ्जली र परिवारजनलाई समवेदनासहित १० हजार रुपियाँ सहयोग गरेको छ ।

वडाभित्र कसैको मृत्युको खबर सुन्नासाथ जनप्रतिनिधिको टोली गएर शोकमा रहेका परिवारसँग भेटघाट र किरियाखर्च हस्तान्तरण कार्यक्रम प्रभावकारी बन्दै गएको स्थानीय बताउँछन् । वडाले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको हो । 

प्रत्यक्ष जनतासँग नजिकको सम्बन्ध रहेको वडा कार्यालयले दुःखसुखमा साथ दिनु पर्दछ भनेर मृतक परिवारसँग जनप्रतिनिधि भेटघाट कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष तिलक जिसीले जानकारी दिनुभयो । उहाँले आफन्त गुमाएको घरमा पुगेर किरियापुत्रीसँग गर्ने भेटघाटले दुःखमा परेका परिवारलाई सान्त्वना मिल्ने बताउनुभयो । 

उहाँले आर्थिक अवस्था कमजोर भएका कतिपय परिवार आफन्तको मृत्यु हुँदा ऋण खोजेर काजकिरिया गर्नुपर्ने अवस्था रहेकाले यो कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएकालाई किरियाखर्चको समस्या पनि हामीले नजिकबाट देखेका छौँ । त्यसैले दुःखको अवस्थामा स्थानीय सरकार साथमा छ भन्ने महसुस गराउन र परिवारजनलाई सहानुभूति दिलाउन मृतक परिवारसँग जनप्रतिनिधि भेटघाट कार्यक्रम सञ्चालन गरेका हौँ ।” 

कतिपय आर्थिक रूपमा सबल परिवारले वडा कार्यालयबाट प्राप्त रकमबाट विद्यालयलाई सहयोगका साथै बाटोघाटो र चौतारी निर्माण गर्ने गरेका छन् । मृतक परिवारलाई वडाले प्रदान गर्ने रकम समाजकै हितमा समेत प्रयोग भएकाले समाजमा सकारात्मक सन्देशसमेत प्रवाह गरेको बताइन्छ । चालु आवको फागुनसम्म ११ जना मृतक परिवारसँग भेटघाट गरिएको छ । सो कार्यक्रमका लागि वडाले यस वर्ष दुई लाख रुपियाँ विनियोजन गरेको जनाइएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर