नेभिगेसन मेनु

अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-12 13:55

1640844339-i9236

पुस २७ गते । उत्तरी अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट कुनै पनि मानवीय क्षति नभएको बताइएको छ । 

उत्तरी बदख्शान प्रान्तको जुर्म जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले २०६.६ किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु सुरुमा ३६.५१ डिग्री उत्तर अक्षांश र ७०.६० डिग्री पूर्वी देशान्तरमा रहेको बताएको छ । भूकम्पको धक्का बदख्सानको छिमेकी तखार, कुन्दुज, बल्ख, बाघलान र सामंगन प्रान्तका साथै पूर्वी लघमान र नान्गाहार प्रान्तमा पनि महसुस गरिएको थियो । 

अफगानिस्तानको राजधानी काबुलमा, स्थानीय बासिन्दाहरू, भूकम्पको धक्का महसुस गर्दै, आफ्नो घर र अपार्टमेन्ट छोडेर भागेका थिए । भूकम्पको धक्का पाकिस्तानसम्म महसुस गरिएको थियो । सिन्ह्वाको सहयोगमा 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर