नेभिगेसन मेनु

टोक्योस्थित विमानस्थलमा यात्रुवाहक विमानमा आगोको मुस्लो
सम्पादक:南亚网络电视
लेखक:बिबिसि
समय:2024-01-02 18:10

77e5fea0-a955-11ee-bc2f-cb5579b90709

टोक्योस्थित हानेदा विमानस्थलमा अवतरण गरेलगत्तै जापान एअरलाइन्सको एउटा यात्रुवाहक विमानबाट आगोको मुस्लो निस्किएको देखिएको छ।

जापानको प्रसारक एनएचकेले देखाएको भिडिओ फुटेजमा मुस्लो विमानको झ्याल र तलपट्टिबाट आएको देखिन्छ।

विमानबाट यात्रुहरू छिटोछिटो निस्किरहेको पनि देखिएको छ।

एनएचके र रोयटर्स समाचारसंस्थाले जापान एअरलाइन्सलाई उद्धृत गर्दै विमानमा सवार सबै ३७९ यात्रुको उद्धार गरिएको जनाएका छन्।

विमानस्थलको धावनमार्गमा समेत आगो देखिएको छ।

टोक्योस्थित विमानस्थलको धावनमार्गमा आगो लागेको विमानघटनाबारे हामीलाई के थाहा छ?

धावनमार्गमा आगो निभाउन अग्निनियन्त्रकहरूले प्रयास गरिरहेका छन्।

अधिकारीहरूलाई उद्धृत गर्दै एनएचकेले अवतरणलगत्तै उक्त विमान अर्को विमानसँग ठोक्किएको हुन सक्ने जनाएको छ।

विवरणहरूमा उक्त विमान जापानी तटरक्षक विमानसँग ठोक्किएको जनाइएको छ।

जेएएल५१६ विमान उत्तरी जापानको होकाइदोबाट आएको विवरणहरूमा जनाइएको छ। 

टोक्योस्थित विमानस्थलको धावनमार्गमा आगो लागेको विमान

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर