नेभिगेसन मेनु

जापानमा भूकम्पपछिको उद्धार र खोजी कार्य जारी रहँदा हालसम्म कम्तीमा १३ जनाको मृत्यु
सम्पादक:南亚网络电视
लेखक:बिबिसि
समय:2024-01-02 13:36

d04d5280-a920-11ee-9cca-6d4ab3fa9695

जापानमा सोमवारको शक्तिशाली भूकम्पका कारण हालसम्म कम्तीमा १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्। ज्यान गुमाएकाहरू सबै जापानको उत्तर पश्चिममा पर्ने इशिकावा तटीय क्षेत्रका हुन्।

भूकम्पप्रभावित क्षेत्रमा खोजी र उद्धारकार्य जारी रहेको जापानका प्रधानमन्त्री फुमिओ किशिदाले बताएका छन्।

उक्त कार्यका लागि जापानको सुरक्षा फौज अर्थात् देशको सेना सरहको एसडीएफका करिब १ हजार सदस्य खटिएका छन्।

मध्यजापानमा शक्तिशाली भूकम्प र सुनामी१ जनवरी २०२४ भूकम्पलाई विनाशकारी बनाउने सात कारक तत्त्वहरू१९ सेप्टेम्बर २०२३ भर्चूअल रीयालटी गेमले भूकम्प जाँदा मानिसलाई कसरी जोगाउन सक्छ४ अक्टोबर २०२३ सुनामीको चेतावनी हट्यो

यसअघि दिइएको सुनामीको चेतावनी हटाइएसँगै भूकम्प गएको उत्तरी प्रायःद्वीप नोतो पुग्नका लागि समुद्री मार्ग खोज्ने र स्थापित गर्ने प्रयासमा आफूहरू रहेको प्रधानमन्त्री किशिदाले बताए।

नोतोमा रहेकी बीबीसी संवाददाता जीन मकेन्जीले आफूहरू सबैभन्दा प्रभावित गाउँहरूमा जाँदै गरेको बताएकी छन्। त्यहाँ जाने क्रममा गाडीमा यात्रा गरिरहँदा पनि भूकम्पको धक्का महसुस गरिएको उनले बताइन्।

भूकम्प गएदेखि नै थुप्रै सङ्ख्यामा परकम्प महसुस गरिए पनि अहिलेसम्म स्पष्ट रूपमा क्षतिको संकेत भने नदेखिएको उनले बताइन्।

तर उद्धार टोलीसहित थुप्रै आपत्कालीन सवारीसाधन भने जीवितको खोजीका लागि जाँदै गरेको आफूहरूले देखेको उनले बताइन्।

भूकम्प गएको स्थानको नक्सा

क्षति पुगेका गाउँहरूमा पुग्न समय लाग्न सक्ने बताइएको छ।

प्रधानमन्त्री किशिदाले केही बाटो अवरुद्ध रहेका कारण उद्धारकर्मीहरूलाई क्षति पुगेका घरमा फसेका मानिसहरूसम्म पुग्न समय लाग्नसक्ने बताए।

तर सहायता आउँदै गरेको भन्दै मानिसहरूलाई आश्वस्त रहन पनि उनले भनेका छन्।

तटीय क्षेत्रमा बस्ने हजारौँ मानिसहरूलाई उक्त क्षेत्रबाट त्यहाँभन्दा माथिल्लो भूभागमा जान यसअघि भनिएको थियो।

आफ्नो घरबाट अन्यत्र गएका मानिसहरूले आश्रयस्थलहरूमा रात बिताएका छन्।

सेनाले घर छोडेर अन्यत्र आश्रय खोज्नुपरेकाहरूलाई खाद्यान्न, पानी र ओढ्ने ब्ल्याङ्केटहरू उपलब्ध गराएको छ।

जापानको मौसम विज्ञान विभागले सोमवारको ७.६ म्याग्निट्युडको भूकम्पपछि सुनामीबारे दिइएका चेतावनीहरू हटाएको सरकारी सञ्चारमाध्यम एनएचकेले जनाएको छ।

अमेरिका र युके सहायताका लागि तयार जापानमा भूकम्प

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडनले आवश्यक सहायता उपलब्ध गराउन अमेरिका तयार अवस्थामा रहेको बताएका छन्।

“निकट साझेदारका रूपमा अमेरिका र जापानबीच मित्रताको गहिरो सम्बन्ध छ र यसले हाम्रा जनतालाई एक बनाएको छ,” बाइडनले भने।

"अहिलेको कठिन अवस्थामा हामी जापानका मानिसहरूबारे सोचिरहेका छौँ।"

त्यस्तै युकेका प्रधानमन्त्री ऋषि सुनकले पनि सोमवारको भूकम्पपछिका घटनाहरू नियालीरहेको भन्दै जापानलाई मद्दत गर्न युके तयार रहेको बताएका छन्।

“प्रधानमन्त्री फुमियो किशिदा युकेका असल मित्र हुन्," उनले भने।

"त्यस्तो भयानक क्षति हुने गरि जापानमा गएको भूकम्पका कारण प्रभावितहरूबारे मैले सोचिरहेको छु।"

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर