नेभिगेसन मेनु

चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो
सम्पादक:南亚网络电视
समय:2023-12-20 12:45

Earthquake-in-China-Gansu

काठमाडौं । उत्तरी चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३० पुगेको छ । ७०० भन्दा धेरै घाइते भएका छन् । नेपाली समयअनुसार मंगलबार बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले कान्सु र छिङहाइ प्रान्तमा क्षति पुगेको छ ।

पिपुल्स डेली अफ चाइनाले भूकम्पमा परी १३० जनाको मृत्यु भएको जनाएको छ । भूकम्पका कारण भवनहरु भत्किएका छन् । भग्नावशेष मानिसहरु पुरिएको हुनसक्ने भएकाले तालिमप्राप्त कुकुरको सहयोगमा खोजी तथा उद्धार कार्य जारी छ । भूकम्प प्रभावित पहाडी क्षेत्रको न्यूनतम तापक्रम माइनस १० डिग्री सेल्सियससम्म रहे पनि खोज तथा उद्धारको काम तीव्रताका साथ भइरहेको पिपुल्स डेलीको अनलाइन संस्करणले जनाएको छ ।

चिनियाँ समाचार एजेन्सीहरुका अनुसार छिङहाइ प्रान्तमा भन्दा कान्सु प्रान्तमा बढी क्षति पुगेको छ । भूकम्पका कारण सडक, सञ्चार, बिजुली र खानेपानी आपूर्तिमा पनि क्षति पुगेको छ । गत सेप्टेम्बरमा सिचुवान प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाको मृत्यु भएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर