नेभिगेसन मेनु

उत्तर-पश्चिम चीनमा शक्तिशाली भूकम्पः १ सय ११ जनाको मृत्यु
सम्पादक:南亚网络电视
लेखक:नेपाल टेलिभिजन अनलाइन
समय:2023-12-19 12:37

MixCollage-19-Dec-2023-07-24-AM-2904-2048x1024

काठमाडौं- चीनको उत्तर पश्चिमी क्षेत्रमा गएराति आएको भूकम्पमा परी कम्तिमा १११ जनाको मृत्यु भएको छ । २ सय २० भन्दा बढी घाइते भएका छन् ।

गान्सु प्रान्तमा एक सय र छिमेकी जिङगाइमा ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । दुबै प्रान्तमा ठूलो मात्रामा भौतिक क्षति समेत भएको समाचारमा उल्लेख गरिएको छ ।

करिव १० किलोमिटर गहिराइ भएर ५ दशमलब ९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे युएसजीएसले जनाएको छ । प्रभावित क्षेत्रहरुमा उद्धारका कामहरु भैरहेको चीनिया सञ्चारमाध्यमले जनाएका छन् ।

उद्धार र राहतका लागि केन्द्रीय टोलीहरु समेत परिचालन गरिएको छ । भूकम्प प्रभावितहरुको उद्धार राहत र क्षति कम गर्न सबै संयन्त्र परिचालन गर्न राष्ट्रपति सी चिनफिङले निर्देशन दिनुभएको छ । भूकम्पको क्षतिको आधिकारिक र पूर्ण विवरण आइसकेको छैन ।

गत सेप्टेम्बरमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाभन्दा बढीको मृत्यु भएको थियो

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर