नेभिगेसन मेनु

'अरिहन्त मल्टी फाइबर्स लिमिटेड' सामाजिक सुरक्षा कोषबाट सम्मानित
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-28 16:33

IMG-20231127-WA0044

मङ्सिर १२ गते । नेपालको सबैभन्दा ठुलो जुट उद्योगको रूपमा रहेको सोनापुरस्थित अरिहन्त मल्टी फाइबर्स लिमिटेड सामाजिक सुरक्षा कोषबाट सम्मानित भएको छ। मुलुकमा सबैभन्दा बढी रोजगार दिने रोजगारदाताको रूपमा रहेको अरिहन्त जुट उद्योगलाई सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०७९/८० मा उत्पादनमूलक क्षेत्रका रोजगारदातामध्ये मुलुककै उत्कृष्ट रहेको भन्दै सम्मान गरेको हो ।

कोषको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अरिहन्त मल्टिफाइबर्स लिमिटेडका सञ्चालक राजकुमार गोल्छालाई प्रशंसा पत्र प्रदान गर्नुभएको उद्योगका प्रमुख कार्यकारी अधिकृत गोविन्द बजगाईँले जानकारी दिनुभयो ।

कोषद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले उद्योगपति गोल्छालाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो । अरिहन्त मल्टिफाइबर्सलाई उत्पादनमूलक उद्योगको तर्फबाट कोषमा सूचीकृत रोजगारदातामध्ये गत आर्थिक वर्ष २०७९–८० मा योगदानकर्ता(श्रमिक)हरूको सङ्ख्याका आधारमा उत्कृष्ट भएको भन्दै सम्मान गरिएको प्रमुख कार्यकारी अधिकृत बजगाईँले जानकारी दिनुभयो । सम्मान कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारी, सामाजिक सुरक्षा कोष सञ्चालक समितिका अध्यक्ष केवल प्रसाद भण्डारी र कार्यकारी निर्देशक कविराज अधिकारीको उपस्थिति थियो ।

विगत ३१ वर्षदेखि सुनसरीको सोनापुरमा सञ्चालित अरिहन्त मल्टिफाइबर्समा करिब पाँच हजार श्रमिक कार्यरत छन् । यसमध्ये ४० प्रतिशतभन्दा बढी महिला श्रमिक भएको उद्योगका प्रमुख कार्यकारी अधिकृत बजगाईँको भनाइ छ  ।

नेपालमा औद्योगिकीकरणको आरम्भ गर्ने अभियन्ताको रूपमा स्थापित स्वर्गीय रामलाल गोल्छाको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको जुट उद्योगलाई उहाँको नाति उद्योगपति राजकुमार गोल्छाको नेतृत्व समूहले सफलताका साथ सञ्चालन गर्दै आएको छ । जुट उद्योगका कारणले नै आफूले प्रशंसा पत्र पाउँदा आफ्ना कर्मवीर हजुरबाको समेत सम्मान भएको अनुभव भएको उद्योगपति गोल्छाको भनाइ छ । 

दैनिक ८५ मेट्रिक टन उत्पादन क्षमता भएको अरिहन्त जुट उद्योगमा कार्यरत सबै श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध रहेका छन् । सो उद्योगले वार्षिक पाँच अर्ब भन्दा बढीको जुटजन्य सामग्रीको निर्यात गर्दै आएको छ । 

प्रमुख कार्यकारी अधिकृत बजगाईँका अनुसार जुटका बोरा, सुतली, ह्यासियन कपडा उत्पादन गर्दै आएको उद्योगले गत वर्षदेखि जुटको सपिङ झोला र लेनो कपडाको पनि उत्पादन गर्दै आएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर