नेभिगेसन मेनु

हवाई हमलामा हमासको वायु सेना प्रमुख मारिएको इजरायली सेनाको भनाइ
सम्पादक:南亚网络电视
लेखक: रासस/एएनआई
समय:2023-10-15 13:09

IMG_6560 (1)

शुक्रबार राति गरिएको हवाई आक्रमणमा हमासको वायु सेना प्रमुख मुराद अबु मुराद मारिएको इजरायली वायु सेनाले बताएको छ । हमासले गाजा पट्टीस्थित उसको हवाई गतिविधि व्यवस्थापन गर्ने मुख्यालयलाई आक्रमणमा निशाना बनाइएको इजरायली वायु सेनाले उल्लेख गरेको छ ।

इजरायली वायु सेनाले मुराद अबु मुराद गत शनिबारको नरसंहारमा आतङ्कवादीहरूलाई निर्देशन दिनका लागि धेरै हदसम्म जिम्मेवार रहेको बताएको छ । “साथै पछिल्लो दिनमा वायु सेनाको लडाकु जेटहरूले हमास आतङ्कवादी सङ्गठनको मुख्यालयमा आक्रमण गरे जहाँबाट उक्त सङ्गठनको हवाई गतिविधि व्यवस्थापन हुन्थ्यो”, सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै इजरायली वायु सेनाले भनेको छ, “शनिबारको घातक हमलामा आतङ्कवादीहरूलाई निर्देशन दिनेमध्येका एक गाजा सहरमा हवाई सेनाका प्रमुख मुराद अबु मुराद पनि हवाई आक्रमणमा मारिएका छन् ।”

गत राति भएको अर्को छुट्टै आक्रमणमा इजरायली वायु सेनाले गत शनिबार हमासले गरेको आक्रमणका क्रममा इजरायलमा घुसपैठ गर्ने हमास कमाण्डो फौजसँग सम्बन्धित दर्जनौँ स्थानमा आक्रमण गरेको बताएको छ । 

हमासले आतङ्कवादी सङ्गठनविरुछ इजरायललाई रक्षा गर्ने क्रममा इजरायली वायु सेना र इजरायली प्रतिरक्षा फौजले आक्रमणलाई जारी राखेको बताइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर