नेभिगेसन मेनु

किमले पुटिनलाई दिए उत्तर कोरिया भ्रमणको निम्तो
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-09-14 19:55

काठमाडौँ — उत्तर कोरियाली नेता किम जोङ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भ्रमणको निम्तो दिएका छन् । शिखर वार्ताका लागि रुसको भोस्तोच्नी पुगेका नेता किमले राष्ट्रपति पुटिनलाई भ्रमणको निम्तो दिएका हुन् ।

उत्तर कोरियाली सरकारी रेडियो भ्वाइस अफ कोरियाले नेता किमको निम्तो राष्ट्रपति पुटिनले स्वीकार गरेको दाबी गरेको छ । भ्वाइस अफ कोरियालाई उद्धृत गर्दै रुसी समाचार संस्था तासले लेखेको छ, 'रात्रिभोजपछि कमरेड किमले राष्ट्रपति पुटिनलाई उपयुक्त समयमा उत्तर कोरिया भ्रमण गर्न निम्तो दिनु भएको छ । पुटिनले निम्ता स्वीकार गर्नु भएको छ ।'

यसअघि रुसी राष्ट्रपति पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले भने पुटिनको उत्तर कोरिया भ्रमण दुई नेताबीचको वार्ताको एजेन्डा नभएको बताएका थिए ।

रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेता किमबीच बुधबार भोस्तोच्नी स्पेसपोर्टमा करिब ५ घण्टा कुराकानी भएको थियो । दुई नेताबीच ४ वर्षपछि कुराकानी भएको हो । कोभिड महामारीपछि उत्तर कोरियाली नेता किम पहिलो पटक विदेश भ्रमणमा निस्किएका हुन् भने झन्डै साढे ४ वर्षपछि रुस गएका हुन् । किमको पछिल्लो विदेश भ्रमण रुसको भ्लादिभोस्तोक नै रहेको थियो ।

पुटिन भ्लादिभोस्तोकबाट विमानमा भोस्तोच्नी पुगेका थिए भने नेता किम भने उत्तर कोरियाबाटै बख्तरबन्द रेलमा रूस पुगेका हुन् । रुसी राष्ट्रपति पुटिनले नेता किमले रकेट विज्ञानमा चासो देखाएको पत्रकारहरूलाई बताएका थिए । त्यस्तै नेता किमले रुसलाई विपक्षीहरूबाट आफ्नो सार्वभौमसत्तालाई रक्षा गर्ने चुनौती थपिएको बताएको तासको समाचारमा उल्लेख छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर