नेभिगेसन मेनु

बाँदर आतङ्कले किसान चिन्तित
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-05 12:40

Untitled-1

महेन्द्रनगर (धनुषा), भदौ १९ गते । बाँदरले बालीनाली नष्ट गर्न थालेपछि क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरका किसानहरू मर्कामा परेका छन् । चुरेक्षेत्रको वन जङ्लबाट आएका हुलका हुल बाँदरले खेतबारीमा लगाइएका तरकारीसहित अन्य बालीनाली खान र उपद्रव गर्न थालेपछि आजित भएका स्थानीय किसान सोमबार डिभिजन वन कार्यालय धनुषामा पुगेर समस्या समाधान गर्न अधिकारीहरूसँग आग्रह गरेका छन् ।

दिगम्बरपुर जिल्लाको तरकारी खेती हुने पकेट क्षेत्र मानिन्छ । स्थानीय रामनारायण महतोका अनुसार सयौँको सङ्ख्यामा गाउँ पसेका बाँदरले खेतमा लगाइएका घिरौँला, परबल, बोडी, काउली, भान्टा, करेला, लौका, काँक्रा आदि सबैखाले तरकारी र फलफूल खाइदिने गरेको छ । उहाँले २० भन्दा बढी समूहमा रहेका बाँदरले अहिले खेतबारी नै कब्जा गरेको र तिनलाई धपाउन जाँदा मानिसलाई चिथोर्ने गरेको जानकारी दिनुभयो ।

दिगम्बरपुरकै सञ्जय महतोले तरकारीको फूलसम्म बाँदरहरूले खाइदिने गरेको बताउनुभयो । “बाँदरहरू तरकारी खानुभन्दा बढी उपद्रव बढी गर्ने गरेका छन् । जसले गर्दा बजारमा बिव्रmीवितरणका लागि तरकारी लान सकिएको छैन,” उहाँको भनाइ छ । 

बाँदरले बालीनाली खाइदिँदा सखुवा महेन्द्रनगर, बडहरी, ढल्केबरलगायत वरपरका बजारमा तरकारीको बिक्रिवितरणमा कमी आएको छ । आवश्यक परिमाणमा तरकारी उपलब्ध नहुँदा तरकारीको मूल्य आकासिएको छ । स्थानीय राजकुमार महतोले बाँदर आतङ्कका कारण १५ रुपियाँ किलोमा पाइने भान्टा स्थानीय बजारमै ६० रुपियाँ किलोसम्म पाउन थालिएको बताउनुभयो । 

स्थानीयले गुलेली हानेर बाँदर धपाउने गरेका छन् तर कतिपय अवस्थामा आक्रामक हुने बाँदरहरूले स्थानीयवासीलाई लघार्दा लडेर घाइतेसमेत हुने गरेका छन् । बाँदरले चिथोर्नाले रेबिज लाग्ने सन्त्रास पनि दिगम्बरपुरवासीमा छ । बाँदरबाट पीडित किसानहरूले खेतबारीका बाँदरलाई वन क्षेत्रमा लैजान वन अधिकारीहरूलाई आग्रह गरेका छन् । जसको प्रत्युत्तरमा डिभिजन वन कार्यालय धनुषाका प्रमुख बेचन चौधरीले वन्यजन्तुको बासस्थान भूअतिव्रmमणका कारण साँघुरिँदै जाँदा मानवबस्तीसम्म बाँदर पुगेकाले नियन्त्रण गर्ने कार्य कठिन भएको बताउनुभएको एक किसानले बताउनुभयो । 

प्रमुख चौधरीले नीतिगत कारणले किसानको अपेक्षा अनुसार हतियार प्रयोग गरी बाँदर धपाउन नसकिने हुँदा खेती किसानी गर्दा सतर्कता अपनाउन किसानसँग आग्रह गर्नुभयो । उहाँले खेतमा राति बत्ती बाल्न, खेतमा बुँख्याचा राख्न, खेत वरपर वन्यजन्तुले नचर्ने जातका घाँस वा बाली लगाउने लगायतका काम गर्नुपर्ने सुझाव दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर