नेभिगेसन मेनु

तीर्थयात्री चढेको बस दुर्घटना, सात जनाको मृत्यु
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-08-24 11:47

bara-accident2023-08-24-08-23-16

काठमाडौं, भदौ ७ गते । बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन नसकेको राससको समाचारमा उल्लेख छ। 

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान चुरियामाई अगाडि दुर्घटना भएको हो । 

मृत्यु हुनेमा ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार मृतकमध्ये चारजना महिला र तीनजना पुरुष रहेका छन् ।

churiyamai-bus_RVkNbD1uTA

यस्तै दुर्घटनामा परी १७ जना घाइते भएका छन् । उनीहरुको हेटौँडाको चुरेहिल र हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए । 

आज बिहान २ बजे जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक बस सडक दुर्घटना भएको हो । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । 

दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर