नेभिगेसन मेनु

‘कृषिमा दीर्घकालीन योजना छैन’
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-12 12:47

Untitled-1 (8)

सङ्घीय कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि प्रधान देश नेपालमा दीर्घकालीन कृषि योजना नरहेको बताउनुभएको छ । मधेश प्रदेशको विभिन्न जिल्लामा भइरहेको कार्यक्रममा सहभागी हुन शुक्रबार जनकपुरधाम विमानस्थल आउनुभएका उहाँले पत्रकारसँगको कुराकानीमा सो कुरा बताउनुभएको हो । उहाँले कृषि नीति बनाउने तयारीमा लागेको जानकारी समेत दिनुभयो । मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गर्ने भनिए पनि केही दिनको वर्षाले बाढीपहिरो सङ्कट आएर भयावह स्थितिको सिर्जना भएपछि पहिलो प्राथमिकता बाढीपहिरोबाट हुने क्षति आकलन गरी राहत वितरणको व्यवस्था गर्ने तयारीमा सरकार लाग्नुपर्ने मन्त्री भुसालले बताउनुभयो । विश्वव्यापी रूपमा देखिएको खाद्य सङ्कटबाट नेपाल पनि अछुतो नरहेको भन्दै उहाँले भन्नुभयो, “नेपालमा कृषियोग्य जमिन पर्याप्त छ, त्यसलाई सदुपयोग गर्न सकिरहेका छैनौँ ।”

सिँचाइको व्यवस्था नहुँदा कृषि क्षेत्रमा देखा परेका समस्या समाधान गरी खाद्य सङ्कटलाई न्यूनीकरण गर्नुपर्ने उहाँले बताउनुभयो । कृषि उत्पादनलाई बढाउन खेतीयोग्य जमिनका लागि सिँचाइको व्यवस्था मिलाउन मन्त्रालयसँग समन्वय गरेर योजना बनाउने र कृषिको उर्वरा शक्ति नष्ट हुन नदिन रासायनिक मलको प्रयोगलाई कम गर्दै कम्पोस्ट र प्राङ्गारिक मलको प्रयोग गर्ने वातावरण सिर्जना गर्नुपर्ने उहाँले बताउनुभयो । 

ललिता निवास प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको नाम आएका कारण गठबन्धनमा के असर पर्छ भन्ने पत्रकारहरूको प्रश्नमा मन्त्री भुसालले भन्नुभयो, “यसबारे छानबिन हुँदै छ, सत्यतथ्य बाहिर आउँछ । यसका कारण गठबन्धनमा कुनै खालको असर पर्दैन ।”

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर