नेभिगेसन मेनु

गौरा पर्वका लागि भारतको बिरुडा, चीनको धागो
सम्पादक:南亚网络电视
समय:2023-08-18 12:04

Untitled-1 (4)

बैतडी, भदौ १ गते । धार्मिक तथा सांस्कृति पर्वहरूको दैलो उघार्ने चाडका रूपमा परिचित गौरा पर्वको चहलपहल सुरु भएसँगै गौरा पर्व मनाउन आवश्यक पर्ने बिरुडा (पाँच प्रकारका गेडागुडी) भने भारतबाट आयात हुने गरेको छ । बिरुडा पञ्चमीका दिन तामाको भाँडामा बिरुडा (मास, गहत, गुरुँस, केराउ, गहुँलगायत पञ्च अन्न) भिजाएर गौरा पर्व आरम्भ हुने गर्द छ । गौरा पर्वमा व्रतालु महिलाले घाँटीमा लगाउने जनै धागोसमेत चीनबाट आउने गरेको छ ।

विगतका वर्षमा बिरुडाका लागि गाउँमै फलेको दलहन डालोमा सुरक्षित राख्ने गरिन्थ्यो । पछिल्लो समय मास, गहत, गुरुँस, कलौँ (सानो केराउ) जस्ता दलहन वस्तु उत्पादन घटेकाले भारतबाट आयात गर्नु परेको नेपाल उद्योग वाणिज्य सङ्घ बैतडीका कोषाध्यक्ष शेरसिंह भण्डारीले बताउनुभयो ।

बिरुडाका लागि चाहिने गुरुँस प्रतिकिलो ४५० रुपियाँका दरले बिक्री भइरहेको उहाँले बताउनुभयो । उहाँले गाउँबाट कृषक पलायन हुँदा अधिकांश जमिन बाँझो रहेको र खेती गरे पनि बाँदरलगायत जङ्गली जनावरका कारण बिरुडा उत्पादन घटेको बताउनुभयो । 

गौरा पर्व मौलिक पर्व भएकाले प्रत्येक घरपरिवार तथा समुदायलाई बिरुडा अनिवार्य हुन्छ । त्यस्तै महिलाले घाँटीमा रातो, पहेँलो रङको जनै धागो फेर्ने चलन छ । यो वर्ष गौरा पर्व लगत्तै भदौ १४ गते जनैपूर्णिमा/रक्षाबन्धन परेको छ । उक्त पर्वका लागि आवश्यक पर्ने जनैको धागो पनि चीनबाट आयात गरिएको उहाँले बताउनुभयो । 

व्यापार तथा निकासी प्रवर्धन केन्द्रका सूचना अधिकारी रवीन्द्र दवाडीका अनुसार, आर्थिक वर्ष २०७९/८० मा चीनबाट कच्चा पदार्थका रूपमा चार अर्ब एक करोड रुपियाँ मूल्यको कटनको धागो भित्रिएको छ । कटनको धागो जनै बनाउन मात्र नभई कपडा उद्योगमा प्रयोग हुने गरेको छ । 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०८० सालको गौरा पर्व भदौ ७ गते उपयुक्त मान्दै सोही अनुसार गौरा मनाउन सुझाव दिएको छ तर सुदूरपश्चिमका केही ज्योतिष र धार्मिक अगुवाले भने अगस्तोदयका कारण भदौ २१ गते गौरा मनाउन उपयुक्त भएको बताएका छन् । 

सुदूरपश्चिम–मानसखण्डका जानकार आचार्य घनश्याम लेखकले भदौ २१ गते गौरा पर्व मनाउन उपयुक्त भएको बताउनुभयो । पुरुषले जनै धारण नगरी महिलाले जनै धागो लगाउन नहुने मान्यताका कारण भदौ २१ गते गौरा पर्व मनाउनुपर्ने उहाँको दाबी रहेको छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर