नेभिगेसन मेनु

सम्पदाहरूको संरक्षण गर्न सरकार गम्भीर छ : मन्त्री किराँती
सम्पादक:南亚网络电视
समय:2023-07-25 17:18

无标题

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले  विभिन्न सम्पदाहरूको खोजी गरी संरक्षण  गर्न सरकार गम्भीर रहेको बताएका छन् । 

लुम्बिनी विकास कोषको परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री किराँतीले पुर्खाहरूले जोगाएको सम्पदालाई मौलिक रूपमा नै संरक्षण गर्नुपर्ने बताए।

लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका किराँतीले सम्पदाहरूलाई संस्कृति र प्रकृतिमैत्री रूपमा विकास गर्नुपर्ने बताए । पुर्खाले छाडेर गएका सम्पदाहरूको खोजी गरेर सम्पदालाई सम्पदाकै रूपमा विकास गर्ने नीति सरकारले लिने मन्त्री किराँतीले रहेको बताए ।

उनले मन्त्रालय सम्हालेको ६ महिनामा लुम्बिनीमा जति ध्यान दिनुपर्ने त्यति दिन नसकेको बताए । ऐन नियमहरूलाई समयअनुकल बनाउन पुनर्लेखन र संशोधन गर्ने, मन्त्रालय मातहत रहेका ऐन कानुन सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बोक्न सक्ने गरी संशोधन गर्ने, मन्त्रालय मातहतका विभागहरूमा देखिनेसरि परिणाममुखी काम गर्ने र आधारभूत रूपमा भएका कामहरूको मसिनो गरी फलो अप गर्ने उनले बताए । परिषद् बैठकको उद्घाटन सत्रमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीले बुद्ध जन्मस्थल लुम्बिनीलाई सुगन्धको रूपमा विश्वसामु चिनाउनुपर्ने बताइन् । उनले लुम्बिनी पवित्र स्थलका रूपमा विकास गर्नका लागि सबै पक्षलाई समेटेर अगाडि बढ्न सुझाव दिइन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले  कोषमा रहेका विभिन्न नीतिगत समस्याहरू हल भएको र गुरुयोजनाका कामहरू पूरा हुने चरणमा रहेको बताए । उनले गुरुयोजनाको काम अबको ३ वर्षमा सम्पन्न हुने र त्यसका लागि ३ अर्ब बजेट आवश्यक पर्ने बताए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर