नेभिगेसन मेनु

जनै बनाउने हो ? सिक्न आउनूस्
सम्पादक:南亚网络电视
लेखक: अन्नपूर्ण
समय:2023-08-17 12:21

janaai-1_peGlwrcYNE

हिन्दु परम्पराअनुसार जनैको धेरै महत्त्व छ। व्रतबन्धपछि होस् वा पूजामा जनै आवश्यक पर्छ नै। तर, पछिल्लो समय पुरानो पुस्ताले जनै बनाउँदै आए पनि यसतर्फ नयाँपुस्तामा आकर्षण छैन। त्यसैले काभ्रेको पनौतीमा एक सहकारीले जनै बनाउने तालिम दिन सुरु गरिएको छ। 

पनौती बजारमा रहेको ज्योति मिर्मिरे सहकारीले आफ्ना सदस्यहरूलाई बिर्सिँदै आएको जनै बनाउने विधि सिकाउने कार्य सुरु गरिएको हो। बजारको प्रशस्तै सम्भावना देखेपछि सहकारीका सदस्यलाई आत्मनिर्भर बनाउन सहकारीले तालिम दिएको हो। उत्पादनलाई प्राथमिकता, संस्कृतिको संरक्षण एवं धागोलाई बैद्धिक विधिअनुसार जनै बनाउन सहकारीले तालिम दिन सुरु गरिएको जनाएको छ। विदेशी मुलुकबाट करोडौं रुपैयाँको जनै आयात हुने र ती जनै विधिअनुसारको समेत नहुने हुँदा सहकारीले सुरु गरेको तालिममा २२ जना सहभागी भएर जनै बनाउने कार्य सिक्दै छन्। 

जनैको आयात रोक्ने र संस्कृतिमा नयाँ पुस्तालाई आर्कषित गर्ने र खाली समयमा अतिरिक्त कमाई गर्न सहयोग पुग्ने उद्देश्यले तालिम सञ्चालन गरेको ज्योति मिर्मिरे बचत तथा ऋण सहकारीका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिए। वर्षांैपछि जनै बनाउन सिकाउन पाउँदा प्रशिक्षक भीमप्रसाद तिमल्सिनाले आफ्नो सपना पनि पूरा भएको उल्लेख गरे। पुर्खाैंदेखि जनै बनाउने पेसा गर्दै आएकोमा लोप हुने चिन्ताले सताएको तिमल्सिनाले जनै बनाउन सिकाउन पाउँदा आफूलाई ऊर्जा मिलेको बताए। उनीजस्तै जनै बनाउन सिकाउँदै आएका गोपिचन्द सापकोटाले धेरैपछि युवाले जनै कसरी बन्ने हो भन्ने ज्ञान पाएको बताए। २२ जनालाई तिमल्सिना र सापकोटाले जनै बनाउने प्रशिक्षण दिएका छन्। 

जन्मदेखि मृत्युसम्मका हरेक धार्मिक कार्यमा प्रयोग हुने जनै पनि करोडौंको आयात हुने सुनेपछि मन पोल्ने गरिएको प्रशिक्षक सापकोटाले बताए। भने, ‘नयाँ पुस्ताले जनै बनाउन सिके हुने भन्ने थियो अहिले सिकाउने काम भएको छ। यो त सबैका लागि खुसीको कुरा हो। एकातिर संस्कृतिको जगेर्ना हुने र अर्काेतर्फ आयआर्जनमा टेवा पुग्ने भएकाले युवा पुस्ताले जनै बनाउन चासो दिए हुने अर्का प्रशिक्षक तिमल्सिनाले बताए। सहकारीका प्रमुख व्यवस्थापक गोपाल दाहालले सहकारीको काम बचत तथा ऋणको कारोबार मात्रै गर्ने नभएर आर्थिक, सामाजिक र साँस्कृतिक पक्षको संरक्षण र प्रोत्साहन भएकाले तीन दिने जनै बनाउने तालिम सञ्चालन गरेको बताए। पहिलो चरणमा परम्परागत जनै बनाउने तालिम दिएको र अर्काे चरणमा आधुनिक प्रविधिबाट जनै बनाउने तरिकासँगै प्रविधि भिœयाउन सहकारीले सहयोग गर्ने दाहालले बताए।

जनै बनाउने तालिम लिएपछि व्यवसाय गर्ने अठोटमा पुगेको अच्युत गौतमले बताए। भने, ‘परम्परागत जनै बनाउँदा दैनिक मुस्किलले २० वटा बनाउनमात्रै सक्ने भएकाले आधुनिक शैलीको सीप अहिलेको आवश्यकता रहेछ।’ चीनबाट आउने जनै सस्तो हुने भएकाले हातले बनाउने जनै बिक्री कम हुने गरेकाले सहकारीले अर्काे चरणमा प्रविधिको सहयोगमा जनै बनाउने तालिम दिएमा त्यसले झनै आत्मनिर्भर बनाउन सहयोग मिल्ने उनले बताए। 

सहकारीले प्रविधिमैत्री बनाउन सहयोग गरे यसैलाई उद्यमको रूपमा विकास गर्ने लक्ष्य लिएको उनले सुनाए। तालिम लिएपछि आफ्नो घरासयी प्रयोगका लागि आवश्यक जनै आफैंले बनाउन सक्ने भएको कृष्णप्रसाद घिमिरेले बताए।  तालिममा धागो तेब्राउने, सिका पार्ने र छ सराको बनाउने सीप सिकाइएको प्रशिक्षकद्वयले जानकारी दिए।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर