नेभिगेसन मेनु

भालेश्वर महादेव मन्दिरमा साउनको सोमबार विशेष आरती हुने
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-07-18 13:30

IMG_7499

चन्द्रागिरीस्थित भालेश्वर महादेवको मन्दिरमा श्रावण १ गते अर्थात श्रावणको पहिलो सोमबारदेखि संध्या आरतिको सुरुवात गरिएको छ। यस आरती श्रावण महिनाको पाँचै वटा सोमबार साँझ ७ बजे प्रारंभ गरिने मन्दिरका पूजारीले जानकारी गराउनु भएको छ।

समुन्द्र सतहबाट २५ सय ५१ मिटर उचाईमा अवस्थित भालेश्वर महादेव मन्दिरमा तीनै प्रहरको पूजाआजा हुने गर्दछ। बिहान ६ बजे‚ दिउँसो १२ बजे र साँझ सूर्यास्तको समयमा पञ्चोपचार विधिले पूजा गर्ने गरिन्छ। 

IMG_7522

साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेषत साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्त्व दिन्छन् । हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

IMG_7432

भारी वर्षातमा छाता ओड्दै, रेनकोट लगाउँदै त कति रुझ्दै भए पनि विभिन्न स्थानबाट ठूलो संख्यामा भक्तालुहरू चन्द्रागिरीस्थित भालेश्वर महादेवको मन्दिरको पहिलो संध्या आरतिमा उपस्थित भएका थिए । साउने सोमबारको दिन मनोकामना पूरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने गरिन्छ । हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना पनि भनिन्छ ।

सतीदेवीको मृत शरीर बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा सतीदेवीको भाल अर्थात् निधार पतन भएको हुनाले यो ठाउँमा भालेश्वर महादेवको उत्पत्ति भएको हिमवत्‌खण्डमा उल्लेख भएको पाइन्छ। विभिन्न कथनका आधारमा भालेश्वर महादेवको दर्शन गरेमा भक्तजनको इच्छा पूरा हुने र मृत्युपश्चात शिवलोकमा बास हुने विश्वास रहेको छ। एस ए टी भीको क्यामरामा कैद संध्या आरतिका अन्य केही झलकहरु :

IMG_7429

IMG_7431

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर