नेभिगेसन मेनु

जलेश्वर भन्सारबाट लक्ष्यभन्दा २२ प्रतिशत कम राजश्व सङ्कलन
सम्पादक:南亚网络电视
समय:2023-07-22 12:31

jaleswar-custom-office

बर्दिबास, असार ६ गते । महोत्तरीको प्रमुख व्यापारिक नाका जलेश्वर भन्सारको आयात व्यापारमा गिरावट आएको छ । जसकाकारण आ.व. २०७९-०८० को राजस्व लक्ष्यभन्दा २२ प्रतिशत अर्थात् ८२ करोड कम सङ्कलन भएको छ ।

गत आव ०७८-७९ मा लक्ष्यको १८२ प्रतिशत बढी राजस्व उठाएको जलेश्वर भन्सारमा देखा परेको यो गिरावटले अनेकन् प्रश्न खडा गरेका छन् । भन्सार प्रमुख अमित पौडेकाअनुसार विभागले आव २०७९-०८० का लागि तीन अर्ब ६३ करोड ९१ लाख लक्ष्य तोकेको थियो । असुली भने दुई अर्ब ८१ करोड ७३ लाख मात्र हुन सक्यो ।

पौडेकाअनुसार राजस्व घट्ने अनेकन् कारण छन् । पेट्रोलियम आयातमा भएको कमीले राजस्व असुली सबै भन्दा बढी प्रभावित हुन पुग्यो । गत आव २०७८-०७९ जलेश्वर नाकाबाट ३५ हजार ६८८ किलो लिटर पेट्रोलियम आयात भएको थियो । यो पटक भने २९ हजार ६० किलो लिटर मात्र आयात भयो । आयातमा छ हजार ६२८ किलो लिटर घट्दा राजस्व असुलीमा पनि स्वाभाविक गिरावट आएको उहाँले बताउनु भयो ।

राष्ट्र बैङ्कको नीतिगत कडाइकाकारण आव २०७९-०८० को सुरुका केही महिना सुस्त बनेको आयात व्यापारको असर पनि राजस्व असुलीमा परेको उहाँको भनाई छ । लगत्तै सरकारले आलु प्याजमा भ्याट थपेर कर दोब्बर पारेपछि आयात घटेको असर पनि राजस्व असुलीमा देखिएको छ । 

अवस्था सहज हुँदा जलेश्वर भन्सारले आर्थिक वर्ष २०७९-०८० को सुरु महिना साउनमा लक्ष्यको १०८ प्रतिसतभन्दा बढी राजस्व सङ्कलन गरेको थियो । त्यस यता ओरालो लागेको असुली पुस महिनामा ५३ प्रतिसतमा झरेको कार्यालयले जनाएको छ । तथापि पेट्रोलियम बाहेक अन्य सामानको आयातबाट भने आव ०७८-७९ को तुलनामा करिब १० प्रतिसतले असुली बढेको जनाइएको छ । 

‘पेट्रोलियम बाहेकका सामानबाट भने १ अर्ब १७ करोड १६ लाख असुली भएको छ’ पौडेलले भन्नु भयो ‘यो असुली आव ०७८-७९ को तुलनामा १० करोड ३३ लाखभन्दा बढी हो ।’ भन्सार चुहावट नियन्त्रणमा सुरक्षा निकायको सक्रियता बढे पनि समसी, मटिहानी, रघुनाथपुर जस्ता प्रमुख नाका चलाएमान हुन नसक्दा आयात व्यापारले गति लिन नसक्ने अर्को प्रमुख कारण भएको सीमा व्यापारीले बताएका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर