नेभिगेसन मेनु

‘अधिकार उपयोग हुनु पर्छ’
सम्पादक:南亚网络电视
समय:2023-06-28 12:36

Untitled-1

धनुषा, असार १३ गते । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले संविधानले दिएको अधिकारको अधिकतम उपयोग गर्नेतर्फ सबै अग्रसर हुनुपर्ने बताउनुभएको छ। 

मुस्लिम समुदायका जनप्रतिनिधिको क्षमता विकास तथा सशक्तीकरणका लागि जनकपुरधाममा मुस्लिम आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले समाजलाई अगाडि बढाउनकै लागि संविधान निर्माण भएको भन्दै संविधानमा उल्लेखित अधिकारको बारेमा जानकारीसमेत राख्नुपर्नेमा जोड दिनुभयो।

एक समुदायको मात्रै प्रगति भएमा समाज अग्रगतिमा अघि बढन सक्दैन त्यसैले समाजमा रहने हरेक समुदायको प्रगतिका लागि समाजका अगुवाहरूबिच छलफल हुनुपर्ने सभामुख मण्डलले बताउनुभयो। मुस्लिम समुदायको शिक्षामा सुधारका लागि मदरसा बोर्डको गठनसम्बन्धी विधेयक सरकारले प्रदेश सभामा ल्याए त्यसलाई पारित गराउन सहयोग गर्ने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो। कार्यक्रमको अध्यक्षता गर्नुभएका मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले ज्ञान र चेतनाको अभावमा संविधानमा उल्लेखित अधिकारको समेत मुस्लिम समुदायले उपयोग गर्न नसकेको भन्दै ज्ञान र चेतनास्तर वृद्धि गर्नका लागि समुदायस्तरमै कार्यक्रम चलाउनु पर्ने बताउनुभयो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर