नेभिगेसन मेनु

चीनबाट सुरू भएको चियाँको इतिहास
सम्पादक:南亚网络电视
लेखक:बिशाल श्रेष्ठ
समय:2023-05-16 20:11

IMG_9257

"सद्भावका निमित्त चिया: याजी साँस्कृतिक थलो" तस्बिर-रिया श्रेष्ठ/ एस ए टि भी

चीन संस्कृतिक केन्द्र नेपाल र च्याङ्सु प्रान्तिय संस्कृति तथा पर्यटन बिभागले आज बाल मन्दिर स्थित नेपाल अेकेडेमी अफ फाइन आर्टसमा "सद्भावका निमित्त चिया: याजी साँस्कृतिक थलो" मुल नाराका साथ प्रदर्सनी कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा प्रदर्शनी, चिया प्रदर्शनी, चिया समारोह र चियासँग लिने मिठाई बनाउने प्रदर्शनि र चिया सम्बन्धी विषयवस्तुको ब्याखान समबेश गरिएको थियो। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री सुदन किराँती ज्युको प्रमुख अतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा नेपालका लागि जनवादी गणतन्त्र चीनका महामहिम राजदूत श्री छन् सोङ ज्यु, नेपाल पर्यटन बोर्डका प्रमुख कर्याकारी अधिकृत डा.श्री धनञ्जय रेग्मी ज्यु लगायत अन्य पदाधिकारीको उल्लेख्य उपस्थिती रहेको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री सुदन किराँती ज्युले भन्नुभयो “चीनको चिया संस्कृतिले नै चीन र विश्वको सम्बन्धलाई स्थापित गर्न अहम भूमिका निर्वाह गरेको छ ।”

“चिनियाँ बजारमा नेपालको उपस्थिति बढेको छ । हामीले नेपालको कर लाग्ने उत्पादनको ९८ प्रतिशत शुन्य ट्यारिफ उपचार प्रस्ताव गर्छौं जसमा चिया समेत समावेश छ। हामी नेपाललाई गुणस्तरीय उत्पादन निर्यात गर्न स्वागत गर्दछौं” राजदूत श्री छन् सोङ ज्युले बताउनु भयो ।

दुबै माननिएले नेपाल र चीन बिचको सम्बन्ध अज्जै प्रगाढ र बलियो बनाउने बारे सकरात्मक धारणा ब्यक्त गर्नु भएको थियो।

चिनियाँ चिया संस्कृतिबारे सबैको बुझाइ बढाउन, चीन र नेपालबीच सांस्कृतिक आदानप्रदान अनि आपसी सिकाइलाई अभिवृद्धि गर्न, चीन-नेपालबीचको सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्न र चीन-नेपालबीचको विभिन्न क्षेत्रमा गहिरो सहयोगलाई प्रवर्द्धन गर्न चियालाई माध्यमको रूपमा प्रयोग गर्न सक्ने आशा सहित कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।

नोभेम्बर २०२२ मा, “चीनको चिया प्रशोधन गर्ने परम्परागत विधि र यससंग जोडिएका सामाजिक अभ्यासहरु” लाई युनेस्कोको मानवताको अमूर्त साँस्कृतिक सम्पदाको सूचीमा सूचीकृत गरे पश्चात लामो समयदेखि चलिरहेको चिनियाँ चिया संस्कृतिले फेरि विश्वव्यापी रुपमा ध्यान आकर्षित गरेको छ । 

चियाको उत्पत्ति चीनबाट भएको हो र बिस्तारै चीनबाट विश्वमा फैलिएको छ। चिनियाँ चिया संस्कृतिको लामो इतिहास चीन र विदेशी अरु देशहरू बीचको सांस्कृतिक आदानप्रदानको इतिहास पनि हो । धेरै जसो विश्व प्रसिद्ध चिनियाँ निर्यात पोर्सिलेन चिया सेट रहेको देखिन्छ भने चिनियाँ चिया र चिया संस्कृति विभिन्न देशको आर्थिक तथा व्यापारिक विकास र सभ्यताहरू बीचको आदानप्रदान र आपसी सिकाइलाई प्रवर्द्धन गर्ने माध्यम बनेको पाइन्छ ।

फोटो फिर्चस

IMG_9261

IMG_9262

IMG_9267

IMG_9281

IMG_9283

IMG_9276

IMG_9309

IMG_9299

IMG_9349

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर