नेभिगेसन मेनु

पुर्ख्यौली नाच समूहलाई भेषभूषाका सामग्री प्रदान
सम्पादक:南亚网络电视
समय:2023-05-02 13:06

XCb

जिल्लाको दुर्गम धवलागिरि गाउँपालिका १ गुर्जाका छन्त्यालहरूको पुर्ख्यौली नाच समूहलाई भेषभूषाका सामाग्री प्रदान गरिएको छ । छन्त्यालहरूको कला संस्कृति संरक्षणमा टेवा पुर्याउन सामाजिक विकास कार्यालय म्याग्दीले मिलन म्याग्दीको समन्वयमा १७ प्रकारका १२-१२ थान भेषभूषाका सामाग्रीहरू प्रदान गरेको हो । गुर्जामा छन्त्याल जातिको परम्परागत बस्ती रहेको छ । उनीहरूको आफ्नै कला र संस्कृति  छ । 

छन्त्यालहरूको परम्परागत कला संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत उक्त सामाग्रीहरू वडा अध्यक्ष झकबहादुर छन्त्याल मार्फत गुर्जा पुर्ख्यौली नाच समहुलाई हस्तान्तरण गरिएको सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बताउनुभयो । भेषभूषाका सामाग्रीहरूले छन्त्याल जातिको पुर्ख्यौली नाच संरक्षणमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

पुर्ख्यौली नाचका लागि आवश्यक पर्ने टेकी,लुङ्गी,घलेक,चोली,पिरुमाला,हरियो पोते,सुन पाटा,कुमु-पछैरी,पटुका,स्टाकोट,भाङ्ग्रा,टोपी,गलबन्दी,कछार,बेल्ट,फुली र शिरबन्दी प्रदान गरिएको हो । भूषभूषाका सामाग्री हस्तान्तरण कार्यक्रममा म्याग्दीका जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालले भेषभूषाका सामाग्रीले छन्त्याल जातिहरूको कला संस्कृति संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेसम पुन मगरले छन्त्याल जातिको मौलिक कला र संस्कृति जिल्लाको पहिचान भएको बताउँदै संरक्षणमा पालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । छन्त्याल जातिको पहिचानका रूपमा रहेको कला संस्कृतिलाई संरक्षण गरी गुर्जालाई आन्तरिक पर्यटनको हबका रूपमा विकास गर्न सकिने उहाँले विचार व्यक्त गर्नुभयो । प्राप्त भएका भेषभूषाका सामाग्रीहरूको सदुपयोग गरी  पुर्ख्यौली नाचको जगेर्नामा सहयोग पुग्ने  वडाध्यक्ष छन्त्यालले विश्वास व्यक्त गर्नुभयो । 

गुर्जा पुर्ख्यौली नाच समूहका उपाध्यक्ष भीमबहादुर छन्त्यालले प्राप्त भएका भेषभूषाका सामाग्रीहरूले कला संस्कृति संरक्षणमा टेवा पुग्ने आशा व्यक्त गर्नुभयो । सामाग्री हस्तान्तरण कार्यक्रममा पुर्ख्यौली नाच समूहले नाच समेत देखाएका थिए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर