नेभिगेसन मेनु

पाटन गा: बहाल पुर्‍याएको रातो मछिन्द्रनाथको रथ
सम्पादक:南亚网络电视
समय:2023-04-26 15:08

RAW.00_02_36_19.Still020

वैशाख १३ गते । रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथलाई तानेर गा: बहाल पुर्‍याइएको छ। रथलाई पुलचोकबाट तानेर मङ्गलबार गा: बहाल पुर्‍याइएको हो । आज (बुधबार) गा: बहालमा स्थानीय जात्रा पनि मनाइँदैछ ।

सोमबारबाट रथ यात्रा सुरु भएको थियो । तर सोही दिन गा: बहाल पुर्‍याउनुपर्ने भए पनि मङ्गलबारमात्रै गा: बहाल पुर्‍याइएको हो । रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । पुल्चोक, गा: बहाल, सुन्धारातर्फ महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल, पोडेटोल र जावलाखेलमा परिक्रमा गराइन्छ ।

मत्स्येन्द्रनाथको जात्राका क्रममा नरिवल खसाल्ने जात्रा र भोटो देखाउने जात्रा पनि पर्छन् । जावलाखेल पुर्‍याएपछि रथबाट भोटो देखाएर जात्रा समाप्त गरिन्छ । हरेक दिन रथ तानेर पुर्‍याइएका ठाउँमा जात्रा मनाइन्छ । रातो मत्स्येन्द्रनाथको दर्शन गरेमा सुख शान्ति र समृद्धि मिल्ने विश्वास छ ।

यो नेपालकै सबैभन्दा लामो जात्रा पनि हो । मत्स्येन्द्रनाथलाई अवलोकेत्श्वर, बुङ्गद्धया लगायत नामले पनि पुकारिन्छ । ललितपुरको पुल्चोकमा तयार पारिएको ३२ हात अग्लो रथमा रातो मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको चौथो दिन सोमवारबाट रथयात्रा सुरु गरिएको हो । आज बिहानै गा: बहालमा रातो मत्स्येन्द्रनाथको दर्शन र पूजा गर्ने दर्शनार्थीको भीड रहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर