नेभिगेसन मेनु

पशुबली रोक्न माग गर्दै पशुपति मन्दिरमा सचेतनामूलक कार्यक्रम (फोटो फिचर)
सम्पादक:南亚网络电视
समय:2023-05-06 14:26

pashubali6_T7olFDg4bl

पशुपतिनाथ मन्दिर परिसरमा पशुबली रोक्न आग्रह गर्दै सचेतनामूलक  कार्यक्रम गरिएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले शनिबार बिहान ब्यानरसहित पशुबली रोक्न आग्रह गर्दै सचेतना कार्यक्रम गरेको हो । 

कुनै सहयोगबिना स्वतःस्फूर्त रूपमा २०७२ सालदेखि यो कार्यक्रम गर्दै आएको श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका पूर्व अध्यक्ष मातृका प्याकुरेलले जानकारी दिए । 

२०५२ सालदेखि यो अभियान सुरु भए पनि २०७२ सालदेखि नियमित रूपमा अभियान सुरु गरेको प्याकुरेलले बताए । हरेक मंगलबार सडकपेटीहरुमा ब्यानर सहित पशुबली रोक्न आग्रह गर्ने र शनिवार बिहान विभिन्न मन्दिरहरूमा गएर पशुबली रोक्नका लागि सचेतनामूलक कार्यक्रम गर्दै आएको उनले बताए । 

मान्छेलाई शाकाहारी बनाउका लागि तथा पशुबली निषेध गर्न प्रत्येक साता नियमित रूपमा सचेतनामूलक कार्यक्रम गर्दै आएको उनले बताए ।

हिंसा, दुब्र्यशनका समस्या हटाउनका लागि, स्वास्थ्य राम्रो बनाउन र पृथ्वीको वातावरण जोगाउनका लागि यो अभियान थालिएको प्याकुरेलले बताए । अप्राकृतिक रूपमा मासु उत्पादन गर्ने चलन बढेकोले त्यसले पनि शरीरलाई पनि अस्वस्थ बनाउने र विज्ञानले पनि मांसाहारी व्यवहारबाट ग्लोबल वार्मिङ बढेको बताउँदै वनस्पतिजन्य खाना खान भनेकोले शाकाहारी अभियान अघि बढाउन आवश्यक रहेको उल्लेख गरे ।

pashubali1pashubali2pashubali3pashubali4pashubali5

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर