नेभिगेसन मेनु

संरचना निर्माणमा रोक
सम्पादक:南亚网络电视
समय:2023-05-04 13:50

Untitled-1-(1)

भक्तपुर दरबार स्मारक संरक्षण तथा हेरचाह कार्यालयले भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलस्थित झौखेल धारा क्षेत्रमा रहेको पुरातात्त्विक सम्पदा परिसरमा निर्माण गरिएको भौतिक संरचना रोक्न चाँगुनारायण नगरपालिकालाई पत्राचार गरेको छ । बुधबार कार्यालयले चाँगुनारायण नगरपालिकालाई पत्राचार गरिएको भक्तपुर दरबार स्मारक संरक्षण तथा हेरचाह कार्यालयले जनाएको छ । झौखेल धारा क्षेत्रमा चैत्य, ढुङ्गेधारा र नजिकै पोखरी पनि रहेकाले नगरपालिकाको विनियोजित रकमबाट सो क्षेत्रमा संरचना बनिरहेकाले तत्काल रोक्का गरी प्राचीन पोखरीकै रूपमा कायम गर्ने व्यवस्था मिलाउन पत्राचार गरिएको हो । 

भक्तपुर दरबार स्मारक संरक्षण तथा हेरचाह कार्यालयका प्रमुख अरुणा नकर्मीले पत्राचारको बोधार्थ जिल्ला प्रशासन कार्यालय भक्तपुर, पुरातत्त्व विभाग र चाँगुनायण नगरपालिका–३ को कार्यालयलाई गरिएको जानकारी दिनुभयो । उहाँले पत्राचार गरिएकाले उक्त पुरातात्त्विक क्षेत्रमा निर्माण गरिएको संरचना रोकिनेमा आफू विश्वस्त रहेकोसमेत बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर