नेभिगेसन मेनु

सिकागो म्युजियममा लाजिम्पाटको ‘श्रीधर विष्णु’
सम्पादक:南亚网络电视
समय:2023-05-09 13:36

thumb (5)

तलेजु भवानीको हार राखिएकै सिकागोस्थित म्युजियम आर्ट इन्स्टिच्युट अफ सिकागोमा लाजिम्पाटको ‘श्रीधर विष्णु’ फेला परेको छ ।

पुरातात्विक महत्वका आधारमा इतिहासमा नेवाग्राम भनेर चिनिने ‘सखोना भिलेज’मा अवस्थित ‘श्रीधर विष्णु’ सन् ७० को दशकमा चोरी भएको थियो । चोरिएका/हराएका सम्पदाको खोजीनितीमा सक्रिय लस्ट आर्टस् अफ नेपाल अभियानका अनुसार, अमेरिकामा कला सम्पदाको संग्रहकर्ता एल्सडर्फ कलेक्सनमा यो नेपाली सम्पदा फेला परेको हो । कलेक्सनका संग्रहकर्ता मार्लिन बी.ले यो सम्पदा आफ्नो मरणोपरान्तको इच्छापत्रअनुसार सन् २०१९ मा सिकागो म्युजियमलाई प्रदान गरिएको थियो । संग्रहकर्ता जेम्स डब्लु एल्सडर्फको सन् १९९० र मार्लिन एल्सडर्फको सन् २०१९ मा निधन भइसकेको छ ।

एल्सडर्फ कलेक्सनबाटै उपहारमा गएका ४ वटा सम्पदाहरु गत वर्ष नेपाल फर्काइएका छन् ।

यसैगरी, सिकागो म्युजियममैं पाटनको खपिंन्चे टोलबाट सन् ७० को दशकमा हराएको गरुढको प्रस्तर आकृति समेत फेला परेको छ । ११ औं शताब्दी विशिष्ट सम्पदा संग्रहकर्ता मार्लिनको मरणोपरान्तको इच्छापत्रअनुसार सन् २०१९ मा सिकागो म्युजियमलाई प्रदान गरिएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर