नेभिगेसन मेनु

युरोप अमेरिकाको अनुयायी बन्नुहुँदैन : म्याक्रों
सम्पादक:南亚网络电视
समय:2023-04-10 13:55

thumb (1)

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले चीन भ्रमणबाट स्वदेश फर्कने क्रममा युरोपले अमेरिकासँगको निर्भरता घटाउँदै लैजानुपर्ने बताएका छन् । चीनको तीनदिने भ्रमण सकेर पेरिस फर्किने क्रममा प्लेनमा लिइएको अन्तर्वार्तामा राष्ट्रपति म्याक्रोंले अमेरिकासँगको निर्भरता घटाउनुपर्ने भन्दै ताइवानको विषयलाई लिएर भइरहेको चीन-अमेरिका विवादमा युरोपलाई तान्न नहुने बताएका हुन् ।

करिब ६ घण्टा चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटपछि प्लेनमा अन्तर्राष्ट्रिय समाचार संस्था पोलिटिको र दुई फ्रान्सेली पत्रकारहरूसँग कुरा गर्दै युरोपमा ‘कूटनीतिक स्वाधिकार’ हुनुपर्ने विषयलाई जोड दिएका हुन् । ‘युरोपका लागि सबैभन्दा ठूलो जोखिम भनेकै हामी अरुको संकटमा छिर्न खोज्छौं, जसलाई हामीलाई कूटनीतिक स्वाधिकारबाट वञ्चित गरिरहेको छ‚’ उनले भने ।

म्याक्रोंको कूटनीतिक स्वाधिकारको नीतिलाई चिनियाँ राष्ट्रपति सी र चिनियाँ कम्युनिस्ट पार्टीले प्रशंसा गर्दै यो विषय युरोप र चीनका लागि नयाँ मार्ग निर्धारण गर्ने सेतु बन्न सक्ने बताएका छन् । ‘सबैभन्दा विरोधाभासपूर्ण कुरा त के हो भने‚ हामी आफैं अमेरिकाको अनुयायी बन्नमा विश्वास गर्छौं,’ उनले भने‚ ‘यो प्रश्नको उत्तर युरोपले नै दिनुपर्नेहुन्छ‚ के ताइवानसँग सम्बन्धित विवादलाई हामी झन् बढाउन चाहन्छौं त ?, चाहँदैनौं ।’

अन्य देशको मुद्दामा तुरुन्त कसैको पक्ष र विपक्षमा उभिइहाल्ने स्वभाव राम्रो नभएको भन्दै उनले यस्ता विषय सतहमा आउनासाथ पछ्याइहाल्ने र अमेरिकी एजेन्डालाई समर्थन गरिहाल्नु राम्रो नभएको बताएका छन् । त्यस्तै उनले युक्रेन-रुस विवादमा युक्रेनको संकट समाधान गर्न असमर्थ भएसँगै अब ताइवानको विषयमा युरोपले बोल्न नहुने बताएका छन् ।

फ्रान्सेली राष्ट्रपति म्याक्रों तीनदिने भ्रमण सकेर फर्किएपछि चीनले ताइवानसँगको सिमानानजिकै रहेको चीनको स्वशासित क्षेत्रमा सैन्य अभ्यास सुरु गरेको छ । उक्त अभ्यासलाई मध्यअमेरिकी देशहरूमा ताइवानका राष्ट्रपति साइ इङ-वेनले गरेको १० दिने कूटनीतिक भ्रमणको प्रत्युत्तर भएको चीनले बताएको छ ।

यो विषयमा बोल्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले आफू चीन भ्रमण सकेर नफर्किँदासम्म उक्त अभ्यास नगरेकोमा आफू खुसी रहेको बताएका छन् । म्याक्रोंसँगको भेटमा चिनियाँ राष्ट्रपति सी ताइवान-चीनको विषयमा विशेष चासोका साथ प्रस्तुत भएका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर