नेभिगेसन मेनु

बेलायतले काबुल दूतावासको सुरक्षामा खटिएका नेपालीलाई 'डिपोर्ट' गरेको खुलासा
सम्पादक:南亚网络电视
समय:2023-04-26 13:02

thumb

बेलायतले हिंसाग्रस्त अफगानिस्तानस्थित बेलायती दूतावासमा काम गरेका एक सयभन्दा बढी नेपाली सुरक्षागार्डलाई गोप्य तरिकाले देशबाट निकाला गरेको खुलेको छ। काबुलस्थित बेलायती दूतावासका कर्मचारीको जीवन रक्षा गर्न खटिएका ती नेपाली गार्डलाई बेलायत बस्ने इच्छाविपरीत जबर्जस्ती निकाला गरिएको गार्डियनले उल्लेख गरेको छ । 

तालिबान सत्तामा आएपछि बेलायतसहित पश्चिमा राष्ट्रहरूले अगस्ट २०२१ मा काबुलबाट हजारौंको उद्धार गरेका थिए । बेलायतको रोयल एयर फोर्स (आरएएफ) ले पनि आफ्नो दूतावासमा कार्यरत नेपाली, भारतीयसहित करिब २४ हजार ५ सय नागरिकको उद्धार गरेको थियो । बेलायती अखबार गार्डियनले खुलासा गरेअनुसार अन-अराइभल ६ महिना भिसा हुँदा समेत बेलायतले उनीहरूलाई उद्धार गरेलगत्तै देश निकाला गरेको हो ।

ती गार्डहरुलाई बेलायतको नर्थ हयाम्प्टन, रेडिङ, अक्सफोर्ड र स्वपन्डनका होटेलमा १० दिन क्वारेन्टाइन पनि नसकिँदै डिपोर्ट गरेको समाचारमा उल्लेख छ । त्यतिबेला कोभिड महामारी नियन्त्रणका लागि बेलायतले बाहिरबाट आउने यात्रुहरूलाई १० दिन होटलमा क्वारेन्टाइन बस्नु पर्ने बाध्यात्मक नियम लागू गरेको थियो ।

उद्धार गरिएका केहीले भने शरणार्थी भिसाका लागि आवेदन दिन भ्याएका थिए। देश निकाला गरिएका एक गार्डले आफूहरूलाई यूके बोर्ड सेक्यूरिटी फोर्सले भ्रममा राखेर आफ्नो बस्ने चाहना विपरीत देशबाट हटाएको बताएका छन् । उनले आफूहरूलाई कहिल्यै मानवीय रक्षाका लागि बेलायत बस्ने मौका पनि नदिएको बताए ।

लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनालले यस घटनाबारे आफूहरूलाई थाहा नभएको बताइन् । गत मार्चको घटनामा भने दूतावासले काम गरिरहेको बताइन् ।

बेलायती गृह मन्त्रालयका प्रवक्ताले जोखिममा रहेका मानिसको उद्धार गर्न सरकार कटिबद्ध रहेको र त्यही मान्यताअनुरूप झन्डै २५ हजारलाई बेलायत ल्याइएको गार्डियनसँग बताएका छन् । ती प्रवक्ताले अफगान सिटिजन्स रिसेटलमेन्ट स्किम (एसीआरएस) मा योग्य नभएका केही नेपालीलाई सद्भावस्वरूप उद्धार गरिएको जनाउँदै उनीहरूलाई आफनो देश फिर्ता हुन सहयोग गरिएको उल्लेख गरेका छन् ।

गत मार्चमा पनि बेलायतको गृह मन्त्रालय (होम अफिस) ले वेस्ट लन्डन होटलमा छापा मारेर कम्तीमा दस नेपाली गार्डलाई पक्राउ गरेको थियो । उक्त पक्राउको व्यापक विरोध भएपछि होम अफिसले तत्कालका लागि देशबाट हटाउने निर्णय केही समय स्थगित गरेको थियो ।

सम्बन्धित समाचार

बेलायतले रोक्यो १० नेपाली सुरक्षा गार्डको ‘डिपोर्टेसन’ काबुलमा बेलायती दूतावासको सुरक्षामा खटिएका नेपालीलाई डिपोर्ट गरिँदै

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर