नेभिगेसन मेनु

इथियोपियाबाट काठमाडौं ल्याएर कोकिनको कारोबार गर्ने दुई विदेशी ठमेलबाट पक्राउ
सम्पादक:南亚网络电视
समय:2023-04-21 12:45

s960_cocainepic

करिब साढे दुई करोड मूल्य पर्ने लागूऔषध कोकिनको कारोबार गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले दुई विदेश नागरिकलाई रंगेहात पक्राउ गरेको छ । प्रहरीले मंगलबार ठमेलको एक होटलबाट भारतीय नागरिक ५१ वर्षीय रवीन्द्रकुमार पाराशरलाई पक्राउ गरेको थियो । उनको साथमा रहेको झोलामा १.८ केजी कोकिन बरामद भएको थियो । 

त्यसबारे थप अनुसन्धान गर्दा सो कोकिन केन्याका नागरिक पिलिसिला वान्जा डिरितुले इथियोपियाबाट काठमाडौंसम्म ल्याएर भारतीय नागरिक पाराशरलाई बिक्री गरेको खुलेको छ । प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको केन्द्रीय लागूऔषध ब्युरोका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए ।

उनका अनुसार उनीहरू दुवैलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीका अनुसार बरामद भएको कोकिनको अवैध बजार मूल्य २ करोड ३३ लाख २८ हजार रुपैयाँ छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर