नेभिगेसन मेनु

राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन परराष्ट्रमन्त्री आज बेलायत जाँदै
सम्पादक:南亚网络电视
समय:2023-05-04 13:55

thumb

बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद आज बेलायत जाँदै छन् । मन्त्री साउद बिहान ११ बजे बेलायततर्फ प्रस्थान गर्दै छन् । उनी २६ गते काठमाडौं आइपुग्ने उनका स्वकीय सचिव दिपककुमार जोशीले जानकारी दिएका छन् ।

उक्त राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जाने तय भए पनि स्वास्थ्यका कारण राष्ट्रपति पौडेल जान नसक्ने भएपछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाउन लागेको हो ।

आगामी मे ६ तारिख (वैशाख २३) मा लन्डनको वेस्टमिनिस्टर गिर्जाघरमा राज्याभिषेक समारोहमा हुनेछ ।

यसअघि सन् २००३ मा तत्कालीन राजा ज्ञानेन्द्रले राष्ट्रप्रमुखको हैसियतमा बेलायत भ्रमण गरेका थिए । त्यसअघि स्वर्गीय राजा वीरेन्द्रले सन् १९८० र १९९५ मा तथा राजा महेन्द्रले सन् १९६० मा बेलायत भ्रमण गरेका थिए । नेपालका राष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारी दुवैले भ्रमण गरेनन् ।

वकिङ्घम राजप्रासादका अनुसार राज्याभिषेक समारोहमा झन्डै दुई हजार पाहुनालाई आमन्त्रण गरिएको छ । समारोहमा संसारभरका राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजारानी एवं राजपरिवार सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुने अपेक्षा छ ।

वेस्टमिनिस्टर आबीमा सन् १०६६ देखि राज्याभिषेक समारोह हुँदै आएका छन् ।

गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चार्ल्सको राज्याभिषेक समारोहमा ‘क्विन कन्सोर्ट’ पदवी पाएकी क्यामिलाले पनि रानी मेरीको मुकुट लगाउनेछिन् । एलिजावेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन नेपालबाट तत्कालीन परराष्ट्रमन्त्री नारायण खड्कालाई लन्डन पठाइएको थियो ।

नेपालले बेलायतसँग पहिलो कूटनीतिक सम्बन्ध सन् १८१६ मा राखेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर