भारतको पञ्जाब राज्यमा बुधबार बिहान भारतीय सेनाको एक क्याम्पमा गोली चल्दा चार जनाको मृत्यु भएको छ।
टाइम्स अफ इन्डियाका अनुसार पञ्जाबको बठिन्डा सैनिक क्याम्पमा बिहान साढे ४ बजेतिर गोली चलेको हो।
गोली चलेपछि क्याम्पको आपतकालीन टिम परिचालन भएको छ भने क्याम्प रहेको क्षेत्रलाई सिल गरिएको छ।
गोली हान्ने व्यक्ति सादा पोशाकमा रहेको तर कुनै आतंकवादी समूहले हमला नगरेको बताइएको छ।
केही मिडियाले क्याम्पबाट दुई दिनअघि एउटा राइफल र एउटा म्यागेजिन हराएको उल्लेख गरेका छन्।
गोली कसले किन चलायो भन्ने खुलेको छैन।