नेभिगेसन मेनु

नाकाबाट नेपाल प्रवेशले पर्यटक गुणस्तरमा कमी
समय:2021-08-18 04:05

छिमेकी मित्रराष्ट्र भारत र चीनसँग जोडिएको नाका हुदै नेपाल भित्रिने पर्यटकको संख्या बार्षिक रुपमा बड्दै गएको छ । ठुलोसंख्यामा नाकाहरुबाट प्रवेश हुदाँ समेत नियमनमा कडाइ हुन नसक्दा कमगुणस्तरका पर्यटकहरु नेपाल प्रदेश हुनेदर बार्षेनी बड्दै गएको संस्कृति, पर्यटन तथा नागरिक उडड्न मन्त्रालयको तथ्याङकले देखाएको छ । 

मन्त्रालयको तथ्याङक अनुसार सन् २०१९ मा ११ लाख ९७हजार १९१ जनापर्यटन नेपालभित्रिएकामध्ये दुई लाख एक हजार ३०७ जनापर्यटक विभिन्ननाकाहुँदै पैदलमार्गबाट नेपालप्रवेश गरेका थिए । भने सन् २०२० मा दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका मध्ये ४६ हजार ९५५ जनापर्यटक विभिन्न नाका हुँदै पैदलमार्गबाट नेपालप्रवेश गरेको छ । नाकामा कडाइ नहुदाँ पर्यटकहरुको मुख्य रोजाइनै नाका हुने गरेको पाइएको हो । 

चीन, भारत, भुटान, वंगलादेश, श्रीलंका, माल्दिप्स, थाइल्याण्ड, म्यानमार लगायतका देशबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुले अधिकांस नाका प्रयोग गर्ने गरेको तथ्याङक छ । सरकारले पर्यटकको आगमन संख्यालाई सन् २०२० सम्ममा २० लाख पुर्याउने लक्ष राखेको थियो तर कोरोना महामारीका कारण यो सम्भव हुन सकेन । तर पर्यटक भित्रिने संख्या गुणस्तरीय भन्दा पनि संख्यात्मक रुपमा मात्र हुने भएपछि देशको अर्थतन्त्रमा खासै सहयोग नपुग्ने देखिएको भन्दै नाकाबाट प्रवेशमा कडाइ गर्र्नु पर्ने पर्यटन व्यवसायी लाक्पा शेर्पाले माग गरे । नेपाल भ्रमणमा आउने पर्यटकहरु राज्यले बनाएको नियम भित्र रहेर कम्पनी मार्फत हुँदै प्रवेश दिनु पर्ने उनको सुझाव छ । यसरी कम्पनी मार्फत प्रवेश गर्दा कम्पनीले जिम्मेवारी समेत लिने भएकाले गुणस्तरीय पर्यटक भित्रिन सहयोग पुग्ने उनको सुझाव छ । 

लुम्विनी भ्रमणका लागिमात्र सन् २०१९ मा एक लाख ७३ हजार ८३ जना र सन् २०२० मा ४५ हजार ४६९ जना पर्यटक भित्रिएको संस्कृति, पर्यटन तथानागरिक उडड्यनमन्त्रालयको तथ्याङक छ । यता संस्कृति, पर्यटन तथा नागरिक उडड्न मन्त्रालयका सहप्रवक्ता प्रेम सुवेदीले भने पर्यटक आगमन संख्यात्मक मात्र नभएर गुणस्तरमा समेत ध्यान दिएर पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु अघि सारेको जानकारी दिए । पर्यटक आकर्षणका कार्यक्रमहरु बजेट मार्फतनै समावेश गरेर ल्याएकाले ३० दिन भिषा शुल्क निशुल्क गर्ने देखि अन्य नयाँ कार्यक्रमहरु ल्याउने क्रममा रहेको सुवेदीले जानकारी दिए। मन्त्रालयले पर्यटकको बसाई अवधि १५ दिनबाट बृद्धि गर्ने र खर्चको दर बडाउन व्यवसायीहरुको सुझाव लिएर नयाँ कार्यक्रमहरु ल्याउने तयारीमा रहेको उनले जानकारी दिए। 

अध्यागमन विभागको तथ्याङकअनुसार सन् २०२० मा पर्यटकहरु पैदलहुँदै नेपालप्रवेश गरेकामध्ये काकडभित्ता नाकाबाट २०२१ जना, विरगञ्जबाट ३८८ जना, भैरहवाबाट ४३ हजार २७२ जना, नेपालगञ्जबाट ९४ जना, धनगडीबाट ३४ जना, गाड्डाचौकी कन्चनपुरबाट ६२१ जना र रसुवा टिमुरेबाट ५२५ जना गरी ४६ हजार ९५५ जनारहेका छन् । अध्यागमन विभागका प्रवक्ता झंकनाथ ढकालले भने कानुनी आधारहरु पुरा गरेर मात्र पर्यटक नाकाबाट प्रवेश गराउने गरेको तर अन्यत्र गैरकानुनी ढंगले विभिन्न सानानाकाबाट प्रवेश गरेको भए विभागको पहुँच पुग्न नसकेको हुनसक्ने बताए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर