नेभिगेसन मेनु

पर्यटन प्रवर्द्धन र पर्यटक सुरक्षामा प्रभावकारी बन्दै ट्रेक कार्ड
सम्पादक:南亚网络电视
समय:2023-01-12 13:22

trek-card-khumbu__2_

पछिल्लो समय खुम्बु क्षेत्रमा पर्यटक बेपत्ता भएको खबर सुन्न छाडिएको छ । यस अघि प्रत्येक सिजनमा पर्यटक बेपत्ता हुने गरेको तथ्याङ्क छ । गाइड विना नै (एफआइटी) पदयात्रामा जाने पर्यटकले बाटो र भौगोलिक बनावट पत्तो लगाउन नसक्दा बेपत्ता भएर मृत्यु हुने गरेको सङ्ख्या बढ्दै गएपछि खुम्बु क्षेत्रमा गत असोज महिनादेखि ट्रेक कार्ड वितरण सुरु भएको छ । 

कार्ड वितरणले पर्यटकको सुरक्षामा सहयोग पुगेको ट्रेकिङ गाइडहरूको भनाइ छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले नेपालमै पहिलो पटक पर्यटक र गाइडका लागि ट्रेक कार्ड वितरण गरेको हो । खुम्बु क्षेत्र नेपालकै मुख्य पर्यटकीय क्षेत्र अथवा धेरै पर्यटक पदयात्रामा जाने गन्तव्यमध्ये हो । सगरमाथा आधार शिविर क्षेत्र लगायत खुम्बु क्षेत्रका लागि पदयात्रामा जाने पर्यटकलाई कार्ड वितरण सुरु गरेको गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले बताउनुभयो । प्रत्येक पर्यटक र गाइडलाई वितरण गरिने यो कार्डले पर्यटकको सुरक्षा, पर्यटन प्रवर्द्धन र व्यवस्थापनमा सहयोग पुगेको अध्यक्ष शेर्पाको भनाइ छ । 

पर्यटकको सुरक्षा मात्र नभएर खुम्बु क्षेत्रमा प्रवेश गरेका पर्यटकको सङ्ख्या समेत यकिन हुने भएकाले होटेल र लजको व्यवस्थापन सहज हुने भएको छ ।

अहिले खुम्बु क्षेत्रमा पदयात्राका लागि पुग्ने प्रत्येक पर्यटकलाई अनिवार्य रूपमा कार्ड लिनुपर्ने हुन्छ । प्राप्त कार्ड गाउँपालिका र सगरमाथा राष्ट्रिय निकुञ्जले राखेको चेक पोइन्टमा इन्ट्री गर्नुपर्ने जनाएको छ । खुम्बु प्रवेश गरेको पर्यटकलाई प्रत्येक क्याम्प अथवा होटेल लजमा समेत इन्ट्री गर्नुपर्ने भएकाले पर्यटक बेपत्ता हुने सम्भावना शून्य हुने गाउँपालिका अध्यक्ष शेर्पाको दाबी छ । 

पर्यटकको सुरक्षा मात्र नभएर खुम्बु क्षेत्रमा प्रवेश गरेका पर्यटकको सङ्ख्या समेत यकिन हुने भएकाले होटेल र लजको व्यवस्थापन सहज हुने भएको छ । पर्यटकले दर्ता गरेको कार्डको अवधि बढीमा एक महिना हुनेछ । त्यसपछि स्वदेश फर्किएपछि धन्यवादसहित इमेल पठाइने र सुझाव सङ्कलन गरी पर्यटक गन्तव्यको प्रचारप्रसारमा तीव्रता दिइने लक्ष्य यो प्रणालीबाट लिइएको गाउँपालिका अध्यक्ष शेर्पाको भनाइ छ । यसले सेवा गुणस्तरीय बनाउन सहयोग पुग्ने भएको छ । गन्तव्यहरूको थप प्रवर्द्धनका नयाँ गतिविधि सुरु भएमा अभिलेखमा भएका पर्यटकलाई गाउँपालिका अध्यक्षको हस्ताक्षरसहितको इमेलमार्फत खबर पुग्ने प्रणालीको विकास गरेको छ । 

पर्यटकको फोटो, राहदानी र गाइड, कम्पनी लगायतको विस्तृत विवरणसहित सम्पर्क नम्बरलाई अभिलेखमा राखेर कार्ड वितरण हुने गर्दछ । अहिले पर्यटक सुल्क सङ्कलन केन्द्र लुक्लामा दर्ता सुरु हुन थालेको छ । दर्ता भएको कार्ड पर्यटकले वडा नम्बर ३ को टोकटोक, नाम्चेमा गरी तीन स्थानमा दर्ता हुने गरेको छ । यसै वर्ष देखि सगरमाथा आधार शिविर लगायतका अन्य क्षेत्रसम्म दर्ता गराउने गरी तयारी थालेको गाउँपालिकाले जनाएको छ । 

पर्यटक प्रवेश गरेदेखि कहाँ पुगेको भनेर हेर्दा देख्न सकिनेछ भने बढीमा २४ घण्टासम्म पर्यटक र गाइड सम्पर्क नआए अटोमेटिक सूचना आउने भएकाले खोजी र उद्धारमा सहज हुनेछ । यसले विश्वमा नेपाल सुरक्षित पर्यटन गन्तव्यको रूपमा चिनाउन सहयोग पुग्नेछ । गाउँपालिकाले यसको प्रभावकारिता थप व्यवस्थापन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटक प्रहरीसँग जानकारीसहित सुझाव लिएर सेवा विस्तार गरेको थियो । 

स्वदेश फर्किएपछि धन्यवादसहित इमेल पठाइने र सुझाव सङ्कलन गरी पर्यटक गन्तव्यको प्रचारप्रसारमा तीव्रता दिइने लक्ष्य यो प्रणालीबाट लिइएको गाउँपालिका अध्यक्ष शेर्पाको भनाइ छ । यसले सेवा गुणस्तरीय बनाउन सहयोग पुग्ने भएको छ ।

यो प्रणालीको परीक्षण काल सम्पन्न भइसकेकाले यसै वर्षदेखि प्रत्येक गाइडको पनि दर्ता गरिने जनाएको छ । एक पटक दर्ता भएपछि गाइडले पटकैपिच्छे  दर्ता गर्नुपर्ने झन्झट नहुने भएको छ । योसँगै खुम्बु आएका पर्यटक हेलिकप्टरबाट अन्यत्र गएमा यसको जानकारीसहितको डाटा राख्न हेलिकप्टर कम्पनीसँग सहकार्य गर्ने तयारी थालेको जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर