नेभिगेसन मेनु

इन्धनको मूल्य घटेसँगै घट्यो हवाई भाडा
सम्पादक:南亚网络电视
समय:2023-01-10 12:45

dang_airport_tarigaun1659928067

काठमाडौं– हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई उडानको भाडा पनि घटेको छ। वायुसेवा सञ्चालक संघका अनुसार पुस २७ गतेदेखि लागू हुने गरी हवाई भाडा घटाइएको हो।

सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको भाडा ८८५ रुपैयाँले घटेको छ। यसअघि उक्त रुटमा यात्रुहरुले ८ हजार ३९५ रुपैयाँ भाडा तिर्दै आएकोमा अब ७ हजार ५१० रुपैयाँ तिरे पुग्नेछ। यससँगै उक्त रुटको फूल फेयर ९अधिकतम० भाडा १६ हजार १४० मा झरेको छ।

यस्तै काठमाडौंदेखि माउन्टेन फ्लाइटको भाडा ६८५ रुपैयाँले घटेर ५ हजार ८३५ रुपैयाँ कायम भएको छ।

काठमाडौंदेखि भद्रपुर रुटको भाडा ६००, काठमाडौं–विराटनगर ४८५, काठमाडौं–जनकपुर २६०, काठमाडौं–भरतपुर २१५, र काठमाडौं पोखरा रुटको भाडा ३२० रुपैयाँले घटेको छ।

यस्तै, काठमाडौं–भैरहवा ४१०, काठमाडौं–नेपालगञ्ज ६५५, काठमाडौं तुम्लिङटार ३७०, काठमाडौं–सिमरा १८०, काठमाडौं सुर्खेत ६९० र काठमाडौं–राजविराज रुटको भाडा ४११ रुपैयाँले घटेको छ।

नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको थियो। जसअनुसार हवाई इन्धन आन्तरिक तर्फको मूल्य लिटरमा २० रुपैयाँ घटेको थियो।

Domestic_Fair_Charge1673246597

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर