विदेशका हिमालमा आफूले गरेको दिसा समेत आफैंले बोकेर फिर्ता ल्याउनु पर्ने नियम रहेको छ। अमेरिकाको डेनाली हिमालमा आरोहण गर्नेक्रममा एकजना आरोहीलाई पखाला चलेछ। उनले आफ्नो दिसा पोको पारेर फर्काउन त फर्काएछन तर दिसाको छिटा हिउँमा परेको आरोपमा उनलाई १० हजार डलर जरिवाना गरिनुका साथै १० वर्षसम्म उक्त हिमाल चढन प्रतिबन्ध लगाईएको नेपाली महिला आरोही माया गुरुङले जानकारी दिएकी छिन्। नेपाल पर्वतारोहण संघद्धारा विश्व वातावरण दिवसका अवसरमा आयोजित जुम बैठकमा उनले सो जानकारी दिएकी हुन्।
सन २००८ मा समावेसी महिला टोलीमा सरिक भई १० जना महिलासगैं सगरमाथा चढेकि माया अहिले विश्वको ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमालको सरसफाई अभियानमा लागेकी छिन्। सेभेन समिटमा समेत सरिक भएकि माया नेपालमा रेमिट्यान्स पछि पर्यटनले बढि विदेशी मुद्रा भित्र्याउने भएकोले हिमाल जोगाएर यसको गतिबिधि बढाउनु पर्ने तर्क गर्दछिन् नेपालमा धेरै हिमाल भएकोले हिमाल जोगाउदैं तिनका गतिविधि बढाउँदै लैजानु पर्छ।
नेपालमा सन १९५० पछि व्यापारिक रुपमा हिमालहरुमा गतिबिधि बढदै गयो। यसकोक्रम सगैं फोहरपनि बढेको यथार्थ नकार्न सकिदैंन। तर सरकारले हिमालबाट फोहर फर्काउनु पर्ने नियम जारी गरेपछि सगरमाथा तुलनातमक रुपमा सफा देख्न सकिन्छ। सगरमाथा जाने बाटो पनि सफा छ। तर भित्री बाटोहरु फोहर देखिन्छ। सगरमाथा आधार शिविर सफा छ। हिमाल चढनु अघि पुजा गरिन्छ तर यहाँ शौच गर्ने भनेको खुल्ला स्थानमा हो। पहिलो शिविरमै शौचालय छैन। यहाँ भन्दा माथिको अवस्था पनि त्यस्तै भएकोले हिउँ खन्दा दिसाको डल्लो भेटिने गरेको यथार्थ आरोही माया गुरुङ सुनाउँछिन्। हिमालमा आरोहणका लागि टाँगिएका रोपहरु नफर्काईने गरिएको, अक्सिजनका सिलिण्डरका साथै अन्य सामाग्री त्यसै छोडने गरिएको छ। चौथो शिविरबाट ल्होत्से तथा सगरमाथा जाने भएकोले बोझका कारण धेरै सामान त्यतै फ्याकिने गरिएको उनि बताउँछिन्। मनास्लु र धौलागिरी हिमालको आधारशिविरमा सरसफाड्मा समेत सरिक भएकि उनि सगरमाथाका साथै अन्य हिमालपनि सफाई गरिनु पर्ने कुरामा जोड दिन्छिन।विदेशमा हिमालमा कसले के गरिरहेको छ रु फोहरको अवस्था कस्तो छ भनेर चेक जाँच गर्न मानिसहरुनै खटिएको आफूले पाएको उनले जानकारी दिईन। अफ्रिकाको हिमालमा फोहर लैजान आधार शिविरमै हेलिकप्टर स्ट्याण्ड वाई राखिएका हुन्छन्।
सगरमाथामा भने आफूलाई बढी भएका तथा प्रयोग नभएका सामान हिमखाडलमा फालिने गरिएको उनले दुख व्यक्त गरिन। सगरमाथामा जथाभावी फोहर गरिन्छ। त्यँहाको पानी स्वस्थ हुदैंन। सगरमाथामा आरोहणकाक्रममा आरोहीहरु करिव २ महिना आधार शिविरमा बस्दा सगरमाथाकै पानी खाने गर्दछन। त्यही पानी खुम्बुबासीले पनि खाने गर्दछन भने पछि कोशी वेशिनमा गएर मिसिने पानी पनि त्यही हो। वातावरण प्रदुषणले गर्दा हिमालमा हिउँको परिमाण घटदै गईरहेको आफ्नो अनुभव बताउँछिन। सन २००९ मा उनले आईल्याण्ड पिक हिमाल चढेकि थिईन। तर यसपाली त्यहाँ जाँदा हिउँनै थिएन। यसैले विश्वव्यापी रुपमा हिमाल सफाई गरिनु पर्छ। सगरमाथा मात्र होईन, सबै हिमाल सफाई गरिनु पर्छ। यसको जिम्मा आरोहीहरुलाई दिनु पर्ने उनि बताउँछिन्। कोरोनाका कारण पर्यटन क्षेत्रमा मात्र करिव ३५ हजार मानिसहरुले रोजगार गुमाएको अवस्थामा उनिहरुलाई हिमाल सफाईमा सरिक गराउन सकिने उनको धारणा रहेको छ।
यसपालीको वसन्त ऋतुमा आफ्नो बाबु पिके शेर्पासगैं सगरमाथा आरोहण गरेका १६ वर्षिय आरोही सोनाम शेर्पाले पनि ८ हजार मिटरभन्दा माथि शवहरु देखेको जानकारी दिए। आरोहण गरी फर्कनेक्रममा उनको अक्सिजन सिध्दिएपछि अन्य शेर्पाहरुसंग मागेर काम चलाउन उनि बाध्य भएका थिए भने उनको औंला हिउँले खाएर समस्या भएको थियो।हिमाल आरोहण गर्दा त्यस्ता कयौं कठिनाईको सामना गर्नु पर्दछ। उनका बाबु पिके शेर्पा बिगत केही वर्षदेखि प्रकृति जोगाउने अभियानमा सक्रिय हुदैं आईरहेका छन्। उनि सन २०१० मै सगरमाथाबाट ५ वटा शब ल्याउने काममा सरिक भएका थिए। उनले २ पटक कंचनजङ्गा हिमाल सरसफाई अभियानको नेतृत्व गरिसकेका छन। सन १९५३ देखि वर्षेनी नियमित रुपमा सगरमाथा आरोहण चलिरहेको छ। सगरमाथामा हिउँ नसिध्दिकन फोहर नसिध्दिने उनको तर्क रहेको छ। जताततै फोहर फ्यांकिएकोले अब हिउँ सिध्दिएपछि मात्र फोहर समाप्त हुने उनि बताउँछन्। जहाँ हिउँ त्यहाँ पानी, जहाँ पानी त्यँहा जीवन भन्दै सातै महादेशबाट प्रकृति जोगाउने सन्देश बुलन्द गर्ने आफंनो लक्ष्य रहेको पिके शेर्पा आफ्नो योजना बारे जानकारी दिन्छन्।
नेपाल पर्वतारोहण संघका महासचिव कूलबहादुर गुरुङले संघको ४८ वर्षको हालसम्मको कार्यकालमा १७ चोटी हिमाल सफाई गरिसकेको बताएका छन्। सन २०१९ मा सगरमाथा, मनास्लुका साथै पालजोर पिकमा सरसफाई गरिएकोको थियो। यसरि सर सफाईकोक्रममा ११ टन फोहर तथा ४ वटा शव संकलन गरिएकोमा फोहरको परिमाण हालसम्मकै बढी भएको आधारमा गिनिज बूकअफ वर्ल्ड रेकर्डसले विश्व किर्तिमानको प्रमाणपत्र समेत प्रदान गरेको थियो। यसपाली नेपाली सेना सहितको सहभागितामा हिमालमा सरसफाई गरिएको थियो। यस्ता हिमाल सरसफाईको काम वर्षेनी हुनु पर्ने तथा यसलाई सम्बन्धित कामदारलाई कामका अवसरका रुपमा अघि बढाउन सकिने उनको तर्क रहेको छ।
पर्यटन विभागका महा निर्देशक रुद्रसिंह तामाङले यो वर्ष कोरोनाको महामारीले गर्दा समस्या भएपनि अर्को वर्ष नेपाल पर्वतारोहण संघसंग मिलेर नयाँ कार्यक्रम बनाउन सकिने जानकारी दिए।
जोखिम व्यवस्थापनमा विध्यावारिधि गरेकि वातावरणविद डाक्टर सुस्मिता ढकालले हिमाल सरसफाई नीतिमा परिवर्तन गरी सफाई गर्नेलाई पुरस्कृत गरिनुका साथै नगर्नेलाई दण्डको व्यवस्था गरिनु पर्ने धारणा व्यक्त गर्दछिन। उनका अनुसार अब हिमाल सरसफाईका लागि पनि वैतनिक कर्मचारीको आवश्यकता भैसकेको छ।
वातावरणविद कुशल गुरुङले जलवायु परिवर्तनको प्रभाव हिमाली क्षैत्रमा पनि परेकोले हिमाल जोगाउन बेलैमा सोच हुनु पर्ने कुरा कुरामा जोड दिन्छन्।
नदी संरक्षण विद मेघ आलेले नेपालमा हिमालमा जस्तै नेपालका नदीपनि प्रदुषित हुदै गएकोमा चिन्तित रहेका छन।
वागमती प्रदेशका उध्योग पर्यटन वनतथा वातावरण मन्त्री सरेश नेपालले भने अहिले राजनैतिक अस्थिरता र पार्टीको आन्तरिक विवादको कारण सरकारले ध्यान दिनु पर्ने कुरामा ध्यान दिन नसकेको स्पष्ट पारे।
नेपालका हिमाललाई डम्पिङ साईड बन्न नदिन नेपाल सरकारको प्राथमिकता पहिलो आवश्यकता मानिएको छ। यसपाली कोभिडको महामारीमा पनि करोडौं राजस्व दिलाउने हाम्रमा हिमालहरुलाई जोगाउन सरकारले यथासिघ्र ठोस योजना ल्याउन जरुरी देखिन्छ। यस कार्यमा सम्बन्धित सबैको सक्रियता अपेक्षित रहेको छ।