नेभिगेसन मेनु

सन्दर्भ सगरमाथा दिवस, हिमालमा कोरोना लागेपछिको पीडा
समय:2021-05-30 04:04

सगरमाथा तथा केटु जस्ता हिमालको आरोहण गरी सकेकी माया शेर्पालाई यसपाली जसरि भएपनि २ वटा हिमाल आरोहण गरि छाडछु भन्ने उत्साह थियो। गत वर्ष लकडाउनका कारण आरोहण व्यवसाय ठप्प हुँदा पनि सरकारले हिमाल सरसफाई अभियान जस्ता योजना बनाएर भएपनि सम्बन्धित कामदारलाई रोजगार दिनु पर्छ भनेर उनी स्वयमले अग्रसरता लिएकि थिईन। 

नेपाल पर्वतारोहण संघकी उपाध्यक्षतथा सगरमाथा आरोही संघकी अध्यक्ष भएको नाताले उनले हिमालकै भरमा परिवार पाल्नेहरुका लागि सरकारकै अग्रसरतामा सफाई कार्य अघि बढे हिमाल पनि सफा हुने तथा काम गर्ने पनि भोकै बस्न नपर्ने भन्दै भनि उनले धेरै प्रयत्न गरेकि थिईन्।

मायाले यसपालीको वसन्त ऋतुमा २ वटा हिमाल चढने योजना बनाएकी थिईन। यसैक्रममा पहिलो पटक नेपाली महिला आरोहीका रुपमा अन्नपूर्ण हिमाल चढन उनी सहित ६ जना नेपाली महिला सफल भएका थिए। यसबाट उनी ज्यादै उत्साहित भएक थिईन। पोखरमा १ हप्ताको आरामपछि उनि अन्नपूर्ण हिमालमा  चढेका केही महिला सहकर्मी   साथै धौलागिरीको आधार शिविर पुग्दा  त्यहाँ अन्य आरोही तथा सहयोगी बिरामी भएको उनले पाईन्। कसैलाई खोकीको समस्या थियो त कोहीलाई ज्वरोको। आधार शिविरको परिवेश सानो हुनाले एक अर्का बीच सम्पर्क नहुने कुरै भएन। 

मायाले पनि असजिलो महसुस गर्न थालिन। उनलाई रात कटाउन मुस्किल हुन थाल्यो। पालमा सुत्न सकस भयो। उनी पसिनाले निथ्रुक्क हुन्थिन। पाल बाहिरको तापक्रममा निस्कन सक्ने अवस्था भएन। कति दुख गरेर योजना बनाएकोले उनले पहिलो शिविरसम्म जाने उनले प्रयत्न गरेकि थिईन्। तर उनलाई शरिरले साथ दिएन। त्यसपछि आरोहणको ब्यबस्थापन गरेको सेभेन समिट ट्रेक्सले आधार शिविरमा हेलिकप्टर पठाईदिए पछि उनि काठमाडौं आएर चेक गराउँदा उनलाई कोरोना पोजिटिभ भएको रहेछ। केही दिन अस्पतालमा कष्टपूर्ण बसाई पछि अहिले उनि घरमै आराम गरिरहेकी छिन।

यसपाली सगरमाथा आरोहण गर्न गएका केही आरोही तथा सहयोगीलाई समेत संक्रमण भएको थियो। केही त सगरमाथा आधार शिविरबाट काठमाडौंमा आएर उपचार गराई पुन आफ्नो आरोहण अभियान सफल बनाउन फर्किएको सगरमाथा दिवसको अवसरमा नेपाल पर्वतारोहण संघद्वारा आयोजना गरिएको जुम बैठकमा जानकारी दिईएको थियो। संक्रमित भैसकेपछि आराम र पोषिलो खाना आवश्यक पर्ने त्यस्ता व्यक्ति आफूलाई जिम्मा दिईएको आरोहण सफल पार्न फेरि हिमालमा फर्कनु भनेको सानो चुनौती नभएको आरोही माया शेर्पाले टिप्पणी गरिन्।

यसपटक नेपालमा धेरै आरोहण टोली कोरोनाको संक्रमणका बाबजुत पनि आएका छन जसबाट नेपाल सरकारले राजस्व आम्दानी गरेको छ भने धेरै क्षेत्र बेरोजगार भैरहेको अवस्थामा सिमित भएपनि रोजगारी श्रृजना भएको छ। 

संसारका ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमालको आरोहण गरिसकेका मिङ्गमा शेर्पाले कोरोनाको कारण ब्यबसायीहरुले निक्कै कठिनाईका बाबजुत आरोहण संचालन गर्नु परेको बताएका छन। उनकै कम्पनी सेभेन समिट ट्रेक्सले बहराईनको राजकुमारको सगरमाथाको आरोहण अभियान संचालन गरेको थियो। बहराईनको टिमले गत वर्ष र यो वर्ष कोरोनाको कहरका बेला पनि नेपालमा हिमाल आरोहणका लागि आएर नेपाल सुरक्षित भएको सन्देश विश्वमा फैलाउन सफल भएको उनले बताए। उच्च ब्यक्तित्व भएता पनि कोरोनाको प्रकोपको कारण बहराईनका राजकुमारलाई निर्धारित समय भन्दा अघिनै खुम्बु क्षेत्रतर्फ लानु परेको उनले अनुभव सुनाएका थिए। सबै ट्रेकिङ कम्पनीहरुलाई आरोहण व्यवस्थापनका साथै बिमानस्थलदेखि बेसक्याम्प सम्मको चाजोपाँजो त्यति सहज थिएन।

कोभिड संग लडदा लडदै अहिले मौसमको चुनौती थप भएको छ। अहिले पनि कतिपय आरोही मौसम खुलेर आरोहण सफल बनाउने आकाँक्षा लिई सगरमाथाको फेदीमा कुरेर बसिरहेका छन। तर त्यसरि कुरेर त्यस्तो कठिन भौगोलिक क्षेत्रमा बस्न पाईने दिन भने छोट्टिदैं गईरहेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर